बालकल्याणमा विद्यार्थी घटेपछि समस्या

0
624


बुधबारे,
इलामको दक्षिणी गाउँपालिका रोङ–४ मा अवस्थित बालकल्याण आधारभूत विद्यालय भौगोलिक हिसावले विकट क्षेत्रमा रहेको छ ।
यस विद्यालयमा कक्षा ५ सम्म पढाई हुने गरेको छ । यहाँ अध्ययन गर्न आउने विद्यार्थी घण्टौं हिँडेर विद्यालय आउन बाध्य छन् । सन्तानलाई स्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेर यहाँका धेरै स्थानीय बसाईं सरिसकेका छन् । भएका विद्यार्थी विपन्न परिवारको रहेको विद्यालयले जनाएको छ । बसाईसराईले गर्दा यस विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको मात्र छैन, चालू शैक्षिक सत्रमा कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा जम्मा १८ जना विद्यार्थी मात्र अध्ययन गरिरहेका छन् ।
भौगोलिक विकटता, जन्मदर न्यून हुँदा सो विद्यालयमा विद्यार्थी संख्या बर्षेनि घट्दै गएको हो । त्यस क्षेत्रका सम्पन्न मानिएका परिवारहरु छोराछोरीलाई स्तरीय शिक्षा दिन बसाइ सर्ने गरेका छन् भने विपन्न वर्गका सर्वसाधारणका लागि त्यहि एउटा विद्यालय छोराछोरी पढाउने विद्यालयका रुपमा रहेको छ । जम्मा १८ जनाले अध्ययन गर्ने तथ्यांक भए पनि नियमित विद्यालय आउनेको संख्या १४ जनाको हाराहारी हुने गरेको छ । विद्यार्थी संख्या घट्न थालेपछि विद्यालय परिवार भएका विद्यार्थी टिकाउन संघर्ष गरिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक पदम तामाङले अघिल्लो वर्षभन्दा यस वर्ष चार–पाँच जना विद्यार्थी बढे पनि आधारभूत तहसम्मका लागि १८ जना विद्यार्थी मात्र हुनुले विद्यार्थीको संख्या अत्यत्यै कम रहेको बताए ।
रोङ गाउँपालिकामा पर्ने यस विद्यालयको समस्या समाधान गर्न स्थानीय वन समिति तथा संघ–संस्थाले सहयोग गरे पनि गाउँपालिकाले खासै सहयोग नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राई बताउँछन् ।
वि.स. २०४४ सालमा स्थापना भएको यस विद्यालयमा यतिबेला भएका विद्यार्थीलाई टिकाउने र अरु विद्यार्थी थपगर्ने तर्फ सरोकारवालाहरु जुट्नुपर्ने अवस्था देखिएको छ ।
यस विद्यालयलाई टिकाइ राख्न र यहाँका विद्यार्थीलाई यहीँ नै गुणस्तरीय शिक्षा दिने कुरामा केही भने लागीपरेको पूर्व विद्यार्थी तथा स्थानीय एक सामुदायिक वनका अध्यक्ष मदन तामाङ बताउँछन् । त्यहाँका दुई सामुदायिक वनले विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन गरेको छ ।
यहाँका अभिभावकले आप्mना नानीहरुले गुणस्तरीय शिक्षा पाउन नसकिरहेको थाहापाएपनि गुणस्तरीय शिक्षाका लागि सहयोग गर्नुपर्ने निकायसम्म आप्mनो आवाज बुलन्द रुपमा राख्नसकेका छैनन् । ‘भौगोलिक हिसाबले विकट, पढ्ने उमेरका विद्यार्थी नै गाउँमा नहुनु समस्या हो तर जति पनि बालबालिका छन् सबैले शिक्षा पाउनुपर्ने उनीहरुको अधिकार हो ।’ भन्दै त्यहाँका अभिभावकले सम्बन्धित निकायसँग आप्mना नानीहरुको भबिष्यप्रति गम्भीर भई दिन अनुरोध गरेका छन् । लामो बाटो हिँडेर विद्यालय जानुपर्ने यहाँका बालबालिकाको बाध्यता हुँदाहुँदै पनि विद्यालय टिकाउने चुनौति यतिबेला ट्टकारो अवस्थामा छ ।
सबै सरोकारवाला पक्ष मिलेर यहाँका नानीहरुलाई यहीँ नै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सबै लाग्नुपर्ने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राईको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here