संविधान दिवसमा दुधेको सडकमा फूल

0
1093

दुधे,

संविधान दिवसको अवसर पारेर झापाको शिवसताक्षी नगरका दुई गैह्र सरकारी संस्थाले दुधे शिवगञ्ज सडकको ५ सय मिटर दुरीमा गमलामा फुल रोपेका छन ।


पुर्वपश्चिम राजमार्ग संग जोडिएको दुधे देखी ५ सय मिटरको दुरी सम्म फुल रोपिएको हो । स्थानीय खुद्रा बचत तथा ऋण सहकारी संस्था र लायन्स क्लव अफ शिवसताक्षीले गमलामा फुल तथा लोपन्मुख प्रजातिको वोटका विरुवा रोपेको थियोे ।
खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १३ औ वार्षीक साधरण सभाको पुर्व सन्ध्या र संविधान दिवसको अवसर जुटायो भने लायन्स क्लव अफ शिवसताक्षीको नेतृत्व चयन संगै संविधान दिवसको अवसर मिलाएको दुवै संस्थाका अध्यक्ष द्धयले बताएका छन । सो सडकमा ११० गमलामा फुलका वोटबिरुवा रोपिने छ ।
वोटविरुवाले पर्यावरणलाई समेत सन्तुलित राख्ने भएकाले दुधे विशवगञ्ज सडकको ५०० मिटरमा फुल रोपिएको खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईले जानकारी दिएका छन । सहकारीको सिद्धान्तमा समदाय संगको चासो रहने भएकोले सहकारीले त्यसको दायित्व पुरा गरेको अध्यक्ष बजगाईले वताए ।
सडकमा रहेको गमला र त्यसमा रोपिएका फुल तथा वोट विरुवाको संरक्षण स्थानीयबासीले गर्नुपर्ने लायन्सक्लव अफ शिवसताक्षीका चार्टर प्रेसिडेन्ट सन्तोष थोप्राले जानकारी दिए । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र लायन्स क्लवका चार्टर प्रेसिडेन्ट थोप्राको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथी सहकारीका अध्यक्ष बजगाईले प्रस्ट्याएका थिए ।
यसैविच दुधेका युवा व्यवसायी अर्जुन भट्टराईले संविधान दिवसकै अवसरमा गमलामा रोपिएको फुलमा एउटा राष्ट्रिय झण्डा प्रदान गरेका छन । राष्ट्रिय झण्डाले नेपाल र नेपालीको गौरव वढ्ने भन्दै भट्टराईले नेपाली झण्डा दुधेमा फहराएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here