‘छ माया छपक्कै’ ट्रेलरमा दिपक–केकीको प्रेम

0
510

काठमाडौं,

फिल्म ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दैै फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो।

फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । ट्रेलर मा दिपकराज गिरी विद्यार्थी नेता र केकी अधिकारी नर्सको भूमिकामा देखिन्छिन्। ट्रेलरले राजनीतिसँगै यि दुईको प्रेमलाई छोएको छ।

निर्देशक लामाको कथामाथि अभिनेता गिरीले पटकथा तयार गरेका हुन् । फिल्म असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। ट्रेलरमा केदार घिमिरे, जितु नेपाल, सुपुष्पमा भट्ट, शिशिर बाङ्देल, प्रकाश घिमिरे लगायत कलाकार पनि देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here