बालिका करणी उद्योगमा पक्राउ

0
560

मुसिकोट,

रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् ।

निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here