बिर्तामोड।
संविधान दिवसको अवसर पारेर नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड– ५ को आयोजनामा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
बिर्ता आई केयर हस्पिटलको प्राबिधिक सहयोगमा भएको आँखा शिविरमा एक सय ५० भन्दा बढीको आँखा जाँच गरिएको थियो ।
संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड–५ का वडासदस्य ढाँचाराज कडरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक खड्गबहादुर थापाले स्वागत गरेका थिए ।
डा. भवानीप्रसाद पाठकले आँखाको महत्वबारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य नारायणप्रसाद पराजुलीले गरेका थिए ।






























