सहायता कक्ष स्थापना

0
1609

अत्तरिया,

कैलालीको त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको छ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नाकामा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वमा घर फर्किने नेपालीलाई सहज होस् भन्नका लागि नाकामा सीमा सहायता कक्ष स्थापना गरिएको कैलालीका प्रजिअ यज्ञराज बोहराले जानकारी दिनुभयो ।

दशैँ, तिहारमा भारतबाट फर्किने नेपालीसँगै नेपालबाट फर्किने भारतीयलाई सीमा सहायता कक्षमा रहेका दुवै देशका प्रहरी अधिकारीले सहयोग गर्ने उहाँको भनाइ छ ।

विगतका वर्षमा चाडपर्वका बेला भारतबाट घर फर्किने नेपालीमाथि सीमा नाकामा दुव्र्यवहार हुने गरेको गुनासो आउने गरेको थियो ।

सहायता कक्ष स्थापना गरिएपछि सीमा नाकामा लुटपाट हुने, सुरक्षाकर्मीले अनावश्यक दुःख दिने, रकम असुल गर्ने लगायतका समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here