जीवन के हो ?

५ आश्विन २०७६, आईतवार मा प्रकाशित

दिपेन्द्र राउत,

जन्म र मृत्युको बीचलाई जीवन भनिन्छ । मानिसको जन्म के का लागि, किन र कसरी हुन्छ यो कसैले पनि आंकलन गर्न सकिन्न । सन्तान जन्माउनु प्राकृतिक नियम हो या संभोगको परिणाम हो । जीवन यी यस्तै घटना परिघटनाले चलेको हुन्छ । कुनै पनि परिवारमा सन्तानको जन्म भएपछि परिवारमा हर्ष हुन्छ । छिमेकीले कुरा काट्ने बाटो हराउँछ, आफन्तको चिन्ता हराउँछ, साथीभाइ र दम्पत्तिमा हर्षको सीमा रहँदैन । यो हाम्रो समाजको सन्तान प्राप्तिको यर्थाथता हो । जब मानिसको जन्म हुन्छ समयचक्रसँगै शारीरिक विकास र मानसिक विकास हँुदै जान्छ सन्तान प्राप्त भएपछि अभिभावकको जिम्मेवारी बढ्दै जान्छ ।

समयचक्रसँगै मानिसको जीवन चलिरहेको हुन्छ । जीवन के हो ? भन्ने कुरामा विभिन्न व्यक्तिहरुको विभिन्न तर्क छ । सिद्घार्थ कसको नामभन्दा धेरैलाई थाह नहुन सक्छ । तर, गौतम बभन्दा सायदै नचिन्ने कोही नहोला । हामीलाई धन, सम्पत्ति र परिवारबाट सुख प्राप्त नहुन सक्छ भन्ने कुरा गौतम बुद्घले प्रष्ट पारिसकेका छन् । सिद्घार्थ गौतम यति विलासी जीवनबाट राति सुतिरहेको बेला एक्लो छोरा, श्रीमतीलाई छोडेर हिँडे, फर्कदा गौतम बुद्घ भएर फर्किए यो हाम्रो समाजको मानव, भगवान भएको यर्थाथता हो ।

एक राजाका छोरा सिद्घार्थ गौतम जसलाई मानिस मर्छ पनि भन्ने समेत ज्ञान थिएन न कसैलाई गुरु माने न कसैको शिष्य भएर रहे केबल आफ्नो ध्यानले र जीवनको भोगाइले मानिस मानिसबाट भगवान भए । के मानिसलाई धनसम्पत्तिले जीवनमा खुशी दिन सक्छ ? धनसम्पत्ति बिना जीवन खुशी रहन सक्दैन । जीवनमा खुशी रहन धनसम्पत्ति आवश्यक छ की सन्तुष्टि आवश्यक छ ? अहिलेको हाम्रो समाज हेर्दा अचम्म लाग्छ ।

मानिस जन्मन्छ शिक्षा दिक्षा प्राप्त गरुञ्जेल कोही डाक्टर भए हुन्थ्यो भन्ने हुन्छ । कसैका छोराछोरी इञ्जीनियर भए हुन्थ्यो । कसैका छोराछोरी व्यवसायी भए हुन्थ्यो, अब त झनै विदेश गए हुन्थ्यो । यी यस्तै सपना बुनेर छोराछोरीलाई शिक्षा दिक्षा दिन्छन् बाबु आमाले । तर, छोराछोरीको सपना के हो बाबुआमालाई थाहा हुँदैन । मानिसको उद्देश्य पहिला काम कामपछि दाम र दाम प्राप्त गरेपछि नाम हुन्छ । बस यिनै तीन कुराको खोजी गर्दागर्दै मानिसको जीवन समाप्त हुन्छ ।

बस मलाई मात्र । मेरो परिवारलाई । जीवनको सपना मेरो मात्र । यो सोच आजको हाम्रो समाजको छ । यदि गौतम बुद्घले पनि सुख सयलमा बसिरहँदा, परिवारमा रमाइरहँदा यस्तै सोचेका थिए भने आज बुद्घ जन्मिएको देश नेपाल भनेर भनिने थिएन होला । बुद्घका उपदेशहरु विश्वभर फैलने थिएनन् होला । यति ठूला–ठूला बुद्घका स्तुपाहरु बन्ने थिएनन् होला । शान्तिका दूत भनेर विश्वसामु चिनिने थिएनन् होला । सिद्घार्थ गौतमबाट गौतम बुद्घ बन्ने थिएनन् होला । र, आजको हामी र हाम्रो समाजको सोचाई हेर्दा सायदै अब गीतले भने झैं ‘फेरि पनि लुम्बिनी बुद्घ जन्माइदेउ’हुन्छ । कहिलै अर्कौ बुद्घ जन्माउन सकिन्न होला । अन्त्यमा जन्म र मृत्यु बीचमा यी यस्तै घटना परी घटना रहन्छन् । दुःख र सुखको बास जीवनमा रहन्छ, सँगै हुन्छ । सबैलाई चेतना भया ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here