झिलझिले ।

फुटवल क्षेत्रमा पाँच दशकदेखी कृयाशिल झापाका एक फुटवल हस्तीलाई शिवसताक्षी नगरपालिकाले आईतवार सम्मान गरेको छ । झापा फुटवल संघका अध्यक्ष भगिरथ आले मामा शिवसताक्षी नगर खेलकुद विकास समितिबाट सम्मानित भएका हुन ।
खेलाडी सम्मान तथा उपमेयर कफ महिला फुटवलको आय व्यय सार्वजनिकत तथा चाडपर्व बिशेस सुभकामना आदान प्रदान कार्यक्रमका अवसरपारेर मामा लगायत अन्य खेलाडी सम्मानित भएका हुन ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । शिवसताक्षी नगरले वर्षेनी आयोजना गर्ने मेयर कप र उपमेयर कप प्रतियोगिता लगायत झापालाई फुटवल खेलको माध्यमबाट बिश्वसामु परिचित गराउन सफल ‘मामा’ लाई सम्मान गरिएको शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष तामाङ्गले जानकारी दिए ।

नगर खेलकुद विकास समितिले त्रिभुवन आर्मीका पुर्व खेलाडी शिवसताक्षी ७ का सन्तोष नेपाली लाईपनि नगद ५ हजार सहित सम्मान गरेको छ । यस्तै गएको साउन १५ देखी २२ गते सम्म संचालित १ नम्बर प्रदेश स्तरीय प्रथम उपमेयर महिला कप फुटवलको विजेता शिवसताक्षी नगर पालिकाको महिला फुटवल क्लवका खेलाडीलाई पुरस्कत समितिले पुरस्कृत गरेको छ । १८ जना महिला खेलाडीलाई जनही ५ हजारका दरले नगर प्रमुख शेर्माले पुरस्कृत गरेका हुन ।
नगर खेलकुद विकास समितिका अध्यक्ष तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख शेर्माले खेलाडीले आफ्नो नगरको नाम उच्च राख्न गरेको योगदानलाई नगरले कहिल्यै नविर्सने बताए । हामी तपाईहरुको साथमा छौ तपाईहरुले खेलको माध्यमबाट नगरलाई अन्य स्थानीय तहभन्दा फरक ढंगले प्रस्तुत हुनुहोस । कार्यक्रममा नगर शिक्षा अधिकारी सुरेन्द्र दाहाल, सम्मानित भगिरथ आले ‘मामा‘ पुर्व खेलाडी नेपाली लगायतले मन्तव्य राखेका थिए ।
आयोजक समितिका सदस्य सन्तोष पौडेलले संचालन गरेको कार्यक्रमको स्वागत दिपक भेटवालले गरेका थिए ।
यसैविच गएको साउन १५ देखी २२ गते सम्म झिलझिलेमा संचालन भएको १ नम्बर प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला फुटवल नकआउटको आय व्यय पनि सार्वजनिक गरिएको छ । सो प्रतियोगितामा ३ लाख ९० हजार ३० रुपैयाँ बराबरको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।

























