मोरङ,

मोरङको ग्रामथान गाउँपालिका– ७ मा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । शनिबार राति ग्रामथान ७ स्थित बिचारी खनालको केराबारीमा किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।
राति करिब १ बजे घटनाको जानकारी पाएको प्रहरीले किशोरीको उद्दार गरी घटनामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको
छ । पक्राउ पर्नेहरुमा ग्रामथान गाउँपालिका– ५ वस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी ५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारु छन् ।
घटनामा संलग्न चारै जनालाई शनिबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।






























