६ करोड शेयर पूँजी पु¥याउने सतासीको लक्ष्य

0
439

बिर्तामोड।

झापाको बिर्तामोड–५ स्थित सतासी बहुमुखी सहकारी संस्थाले आर्थिक बर्ष २०७६÷०७७ मा कूल चुक्ता शेयरपूँजी छ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाले १६औं बाािर्षक साधारणसभाको अवसर पारेर पत्रकार सम्मेलन मार्फत आर्थिक बर्ष २०७६÷०७७ का नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले आर्थिक बर्ष २०७६÷०७७ मा छ हजार पाँच सय शेयर सदस्य र शेयर पूँजी छ करोड पुर्याउने लक्ष्य लिएको बताए । हाल संस्थामा चार हजार एक सय ४१ जना शेयर सदस्य रहेका छन् शेयर पूँजी तीन करोड ८२ लाख ३९ हजार तीन सय रुपैयाँ रहेको उनले बताए ।

त्यस्तै संस्थाले आर्थिक वर्ष ०७५÷०७६ मा २४ करोड ६९ लाख १६ हजार पाँच सय ५५ रुपैयाँ बचत पुर्याएकोमा आगामी आर्थिक वर्षमा ४० करोड बचत पुर्याउने संस्थाले लक्ष्य राखेको उनले बताए ।

त्यस्तै ऋण लगानी ३५ करोड ६५ लाख पाँच सय ३६ रुपैयाँ पुगेकोमा आगामी आर्थिक वर्षमा ५२ करोड ६२ लाख पुर्याउने लक्ष्य लिएको उनले बताए । संस्थाले १६ प्रतिशत ब्याजदर कायम गरेको र नियमित अग्रीम कर्जाको किस्ता बुझाउने सदस्यलाई एक प्रतिशत ब्याज छुट सुविधा समेत उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले संस्थाले सतासी राहत कोष मार्फत बिर्तामोड, हल्दिबारी, अर्जुनधारा, कनकाई, धुलाबारी क्षेत्रका ४५ जनालाई सुविधा प्रदान गरिएको जानकारी दिए । त्यस्तै उनले संस्थाले रेमिट्यान्स सेवा, डिपार्टमेन्ट स्टोर्स र विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा संस्थाका तालिम संयोजक तथा सदस्य ध्रुव कनालले संस्थाले पाँच वटै क्षेत्रमा सहकारी शिक्षा तालिम सञ्चालन गरी दुई सयभन्दा बढीलाई सहकारी शिक्षा दिएको जानकारी दिए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता गुरुङ थापामगर, सदस्य जीवनकुमार प्रधान, पदमप्रसाद ओली, पोषराज श्रेष्ठ, लक्ष्मीकान्त खनाल, खेमराज श्रेष्ठ लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए । संस्थाको आज बिर्तामोडको अतिथि सदनमा १६औं साधारणसभा हुने भएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा प्रवन्धक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here