झापामा अन्तराष्ट्रिय गोल्डकप

0
1044

बिर्तामोड,
झापाको बिर्तामोडमा असोज ११ गतेदेखि हुने हाम्रो ‘पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप – २०७६’ को तयारी पूरा भएको छ ।
विजया दशमीको अवसर पारेर जायोन स्पोर्टस् क्लाब बिर्तामोडले प्रातियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा दुई वटा विदेशी सहित आठवटा फुटवल टिमले सहभागीता जनाउने बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो । आयोजक समितिका सचिव महेन्द्र पाण्डेका अनुसार ‘अन्नपूर्ण हाम्रो पूर्बाञ्चल गोल्डकप – २०७६’ मा विजेता टिमले १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
बिर्तामोडस्थित डोमालार राजवंशी रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र गोल्डकप सम्मपन्न गर्न ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सिक्किम आक्रमक र संकटा फुटवल क्लव बीच प्रतिष्पर्धा हुने बताइएको छ ।
प्रतियोगितामा दुई विभागीय टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव सहित झापा ११, गोर्खा वोइज रुपन्देही, थ्री स्टार क्लव, मोलवे आसाम गरी आठ टिमको सहभागीता रहने आयोजक समितिका सचिव महेन्द्र पाण्डेले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रयोजकका रुपमा अन्नपूर्ण वचत तथा ऋण सहकारी संस्था रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता अबधिभर दैनिक २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।
सेमी फाइनल अघिसम्म एक सय र दुई सय रुपैयाँ दरका टिकट, सेमी फाइनलमा दुई सय दरका टिकट र फाइनलमा तीन सय दरका टिकट रहने पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगितामा प्रच्येक दिन म्यान अफदी म्याच खुने खेलाडीलाई नगद १० हजार र फाइनलमा विधागत रुपमा उत्कृष्ट गोल रक्षक,डिफेन्डर, मिड फिल्डर, फरवर्ड, प्रशिक्षक, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही नगद पुरस्कार सहित उत्कृष्ट खेलाडीलाई विशेष उपहार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । जस अन्तरगत खेल समिति संयोजकमा अविनाष राई, आर्थिक समिति संयोजकमा दिपेन्द्र अछामी, प्रचारप्रसार समिति संयोजकमा सुमन मग्रान्ती, स्वयम सेवक समिति संयोजकमा नगेन्द्रमणि लिम्बू र वसोवास व्यवस्थापन समितिमा भूपाल राई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here