गोश्वामीको पल्लवी सिटौलाले सार्वजनिक गरे

1
700

राजगढ ।

साहित्यकार तथा राजनीतिकर्मी दयानन्द गोश्वामीद्वारा लिखित पल्लवी कविता संग्रह र पल्लवी गीत÷गजल एल्वमको सोमबार राजगढमा आयोजित एक समारोहका बी विमोचन गरिएको छ ।

पल्लवी कविता संग्रहको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले साहित्यले जनतामा निराशाभन्दा उत्साह जगाउनुपर्ने विचार ब्यक्त गर्नुभयो ।

गरीवी, दुःख र पीडाका निराशाजनक कथाहरुको सिर्जनाले मात्र नागरिकमा उत्साह र कर्तब्यबोध जगाउन नसक्ने बताउँदै उहाँले साहित्यले नवीनतम सोच र नयाँ ऊर्जा दिन सक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका विशेष अतिथि लोकराज ढकालले पल्लवी गीत÷गजल एल्वमको विमोचन गर्दै लेखक दयानन्द गोश्वामी बहुआयामिक ब्यक्तित्व भएको चर्चा गर्नुभयो ।

धेरैजसो साहित्यिक कार्यक्रमहरु शहरकेन्द्रित हुने गरेको बताउँदै उहाँले गाउँमै बसेर गाउँमै कृति विमोचन गराई गोश्वामीले महत्व दिएको भनाई राख्नुभयो ।

उहाँका गिती एल्वम्मा पाँचवटा गीत÷गजल समेटिएका छन् भने कविता संग्रहमा ७५ बढी कविता समेटिएका छन् । कार्यक्रममा झापा कोच आइडल राम राजवंशीले गोश्वामीको एल्वम्बाट म घुट्की घुट्की पिएर गिलास रित्याइदिन्छु बोलको गीत गाउनुभएको थियो ।

साहित्यकार विष्णुकुमार भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजपा झापाका अध्यक्ष सूर्यनारायण गणेश, पूर्व सभाषद हरिवहादुर राजवंशी, साहित्यकार केशव आचार्य, पूर्व प्राज्ञ सदस्य पवन राजवंशी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । रामप्रसाद दुलालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन ओमप्रकाश गौतमले गर्नुभएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here