पाथीभरा पाउरोटी उद्योगलाई कडा निर्देशन सातदिनभित्र आवश्यक कागजात ल्याउ

0
1276

मेचीनगर ।

खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापासहितको अनुगमन टोलीले झापा मेचीनगर— ७ मा रहेको पाथीभरा पाउरोटी उद्योगका सञ्चालक प्रदिप राजवंशीलाई सातदिनभित्र सम्बन्धित कार्यालयबाट आवश्यक कागजात लिएर उद्योग सञ्चालन गर्न निर्देशनसहित पत्रचार गरेको छ ।

सोमबार कार्यालय, मेचीनगर नगरपालिका, उपभोक्ता मञ्च नेपाल सुरक्षाकर्मीसहितको अनुगमन टोलीले अनुगमनका क्रममा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगाबट उद्योग सञ्चालनका लागि लिनुपर्नै अनुमती पत्र नलिई उद्योग सञ्चालन गरेको फेला पारेपछि सञ्चालक राजवंशीलाई निर्देशनसहित पत्र दिएको हो । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीका अनुसार उद्योग सञ्चालन गर्नुपूर्व नै अनुमती पत्र अनिवार्य लिनुपर्ने छ ।

सञ्चालक राजवंशीले भने आफु पटक पटक विराटनगर गएपनि समयमै कार्यालयले उपलब्ध नगराएको टोलीलाई जानकारी दिनुभयो । साथै अनुगमन टोलीले आफ्ना हरेक उत्पादनमा उत्पादन मिति, उपभोग्य मिति मुल्य राख्न उद्योग परिसरमा भान्साका कुनै सामान नराख्न तथा सरसफाइमा ध्यान भनेको छ ।

लुईटेल किराना पसललाई खाद्य पदार्थको लेवल अनिवार्य हेरेर खरिदविक्री गर्न तथा स्थानीय निकायबाट इजाजत लिनका लागि सुझाव दिएको छ । मेचीनगरकै ओली कोल्ड सेन्टरमा सुर्ती चुरोट जस्ता वस्तु नराख्न , प्रत्येक खाद्य पदार्थको लेवल सात सात दिनमा हेरेर व्यवसाय सञ्चालन गर्न तथा स्थानीय निकायबाट इजाजत लिनका लागि निर्देशन दिएको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताउनुभयो ।

अनुगमनका क्रममा अधिकाँश व्यवसायिकहरुले प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यवाधिक नगरेको पाईपछि उनीहरुलाई सवै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको छ । अनुगमन टोलीमा अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, उपभोक्ता मञ्च नेपाल सन्तोष नेउपाने प्रहरी पोष्ट इटाभट्टाका प्रमुख प्रहरी सहायक निरीक्षक शम्भुकुमार चौधरी , नेपाल प्रहरी तथा नगर प्रहरी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here