नयाँ शक्ति पार्टी झापाका अध्यक्ष र सचिव नै कारबाहीमा

0
650

दमक ।

नयाँ शक्ति पार्टी नेपाल झापा जिल्ला समितिमा भाँडभैलो भएको छ । उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष र सचिवलाई नै कारबाही गरेको छ ।

त्यसलाई सदर गर्दै प्रदेश कमिटीले समेत स्वीकृत दिएको समेत पाइएको छ । सोमबार नै निष्कासन गरेर उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

अध्यक्ष वीरबहादुर श्रेष्ठ र सचिव पुष्प पौड्याललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस लगत्तै उदय गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको प्रदेश नं। १ संयोजक प्रभुराम श्रेष्ठले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here