बजेट अधिवेशन अन्त्य

८ आश्विन २०७६, बुधबार मा प्रकाशित

विराटनगर,

प्रदेश नं.१ प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन आजदेखि अन्त्य भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाउनु भएको थियो । बजेट अधिवेशनमा विसं २०७६ जेठ १३ गतेबाट शुरु भएर जम्मा ६२ घण्टा आठ मिनटको अवधिमा ५३ वटा बैठक बसेको थियो ।

यस अधिवेशनमा १४ वटा विधेयक पारित भएका छन् । तेस्रो अधिवेशनमा दर्ता भई यस अधिवेशनमा छलफल भएका चारवटा विधेयकहरुसहित यो अधिवेशनले १४ वटा विधेयक पारित भएको सभामुख भण्डारीले जानकारी दिनु भयो ।

अहिलेसम्ममा प्रदेशसभाले ४३ वटा विधेयक पारित गरिसकेको छ भने सबै विधेयकहरु सहमति, सहकार्य र एकताबाट नै गरिएका थिए भने मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरुको विरोधको कारण बहुमतबाट पारित गरिएको थियो । अहिलेसम्ममा सदनले पाँचवटा विधेयकलाई संशोधन गरिसकेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here