एघार सय घरधुरीलाई पुनःनिर्माणमा सहयोग

0
567

बनेपा, 

भूकम्पपछिको पुनःनिर्माणको काममा सहयोग गर्दै आइरहेका कारितास नेपालले मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डनमा एक हजार १११ घरधुरीलाई पुनःनिर्माणमा सहयोग गरेको छ ।

भूकम्प पुनःनिर्माण कार्यक्रमअन्तर्गत निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरणका साथै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको सो संस्थाले जनाएको छ ।

संस्थाका अनुसार उक्त कार्यक्रमअन्तर्गत रु ३६ करोड ४४ लाख ८ हजार खर्च भएको छ । समुदायस्तरमा ३३ समूह बनाएर शुरु गरिएको कार्यक्रम एक घर बराबर रु ३५ हजारका दरले ३३५ घरधुरीलाई नगद तथा कृषि व्यवसाय गर्नका लागि सो वडाका ४९९ घरधुरीलाई रु ३५ हजारका दरले रकम वतरण गरिएको जिल्ला कार्यक्रम संयोजक सुवास सापकोटाले बताउनुभयो ।

यसैगरी सो कार्यक्रमअन्तर्गत वडा कार्यालयलाई विपद् उद्धार राहत सामग्री वितरण गर्नुका साथै विद्यालयलाई भवन निर्माणमा सहयोग, खानेपानी आयोजना, सरसफाइ तथा स्वच्छता कार्यक्रम, निजी तथा सार्वजनिक शौचालय निर्माणसँगै जीविकोपार्जनसम्बन्धी विभिन्न काममा सहयोग गरेको कारितास नेपालले जनाएको छ । संस्थाले बुधबार कार्यक्रमको आयोजना गरी वडाध्यक्ष विष्णुमणि नेपाललाई सो कार्यक्रमको जिम्मेवारी हस्तान्तरण गरिएको छ । सो अवसरमा वडाध्यक्ष नेपालले पुनःनिर्माणको काममा सहयोग गरेर वडावासीलाई अतुलनीय सहयोग पु¥याएको बताउनुभयो ।

“वडा सरकारले गर्नुपर्ने काममा ठूलो सहयोग गरेर पीडित जनतालाई राहत दिने काम गरेर हस्तान्तरणसमेत गर्नुभएको छ”, उहाँले भन्नुभयो, “हस्तान्तरणसँगै वडाले आफ्नो जिम्मेवारीबोधका साथ त्यसको संरक्षण र दिगोपना दिने काममा निरन्तर लाग्नेछु ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले जिल्लाका पुनःनिर्माणको काममा सहयोग गर्ने संस्थाहरुमध्ये कारितासले मात्रै औपचारिकरुपमा कार्य सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको बताउनुभयो ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले पुनःनिर्माण क्षेत्रमा सरकार मात्रै लागेर सबै कार्य गर्न नसकिने उल्लेख गर्दै सहयोगी दाता र संस्थाहरुको सहयोगबाट नै तोकिएको समयमा जनताको समस्यालाई समाधान गर्ने बाटोमा लागिरहेको बताउनुभयो । संस्थाका निमित्त कार्यकारी निर्देशक केबी बोगटीले सो कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here