दुर्घटना न्यूनीकरण गर्न राखियो सडकमा डमी ट्राफिक

0
424

भद्रपुर,

झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ ।

सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिकले दिनरात सेवा दिइरहेको अनुभूति गरेको पाइएको बताउनुभयो ।

दुई हप्ताअघिबाट शुरु भएको सेवाले विशेष गरेर बोर्डले रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेलेको प्रमुख अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, “रातमा टल्किने र छर्लङ्गै ट्राफिक जस्तै देखिने बोर्ड राखिएपछि कुनै पनि दुर्घटना भएका छैनन् ।”सडकमा डमी ट्राफिकका रुपमा बोर्ड राखेपछि मादक पदार्थ सेवनकर्ता, तीव्र सवारी कुदाउने चालक, कागजपत्र नबोकी हिँड्ने सवारी धनीका चालक सतर्क हुने गरेको उहाँले बताउनुभयो ।

सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण भएको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here