झापा हुदैं विस्फोटक पदार्थ बरामद नेपाल भित्र्न थाल्यो

१० आश्विन २०७६, शुक्रबार मा प्रकाशित

भद्रपुर ।

दसैँ र तिहार नजिकिएसँगै नेपालमा प्रतिबन्धित बारुदजन्य पटका (विस्फोटक पदार्थ) तस्करी समूहले सीमावर्ती नाकाबाट भित्राउन थालिसकेका छन्।

खुल्ला सीमा नाकाबाट बारुदजन्य पटका अहिलेदेखि नै भित्राउन थालिसकेको भन्दै झापाले प्रहरीले सीमा क्षेत्रमा पटका अर्थात् विस्फोटक पदार्थ रोक्न विशेष निगरानी बढाएको छ। यसैक्रममा प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मेचीनगर र कनकाई नगर क्षेत्रबाट विभिन्न प्रकारका पटका बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले बिहीबार बिहान मेचीनगर नगरपालिका ६ स्थित तुर्केनीबाट अन्दाजी एक लाख बराबरको विस्फोटक पदार्थ बरामद गरेको छ। भारतबाट चोरी निकासी गरी भित्राइएको विभिन्न किसिमका विस्फोटक पदार्थलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

त्यसै गरी प्रहरीले कनकाई नगरपालिका ५ स्थित सुरुङगाबाट अन्दाजी ७० हजार मूल्य बराबरको २९ बण्डल विस्फोटक पदार्थ बरामद गरेको छ। बिहीबार बिहान १० बजे बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको मे १ ख १७१२ नम्बरको यात्रु वाहक बस चेक जाँच गर्ने क्रममा बसभित्र कार्टुनमा लुकाई छिपाई राखिएको विस्फोटक पदार्थ बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

तस्कर समूहले जिल्लाको विभिन्न नाकाबाट भित्राएको विस्फोटक पदार्थ तिहार आउनु भन्दा एक महिना अघि नै पूर्वका बजारसहित काठमाडौँ र पोखरा लगायतका जिल्लामा पठाउने गरेको बताइएको छ। विगतका वर्षहरू पनि यसरी नै तस्कर समूहले विस्फोटक पदार्थ भित्राउँदै आइरहेकोले यसबर्ष झापा प्रहरी बेलैमा निगरानी बढाएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

झापासँग जोडिएको भारतको दुई राज्य बंगाल र विहार पर्छ। तर, भारतको बंगालामा पनि नेपाल जस्तै पटका प्रतिबन्धित हो। विहारमा उत्पादन हुने पटका नै नेपाली बजारमा भित्रिने गरेकाले विहारसँग जोडिएको सीमा नाकातर्फ प्रहरीले विशेष सुरक्षा निगरानी बढाउनु पर्ने देखिन्छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here