सुनसान जंगलमा नवजात शिशु चिर निद्रामा !

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

भूवन तामाङ,

मध्यरातपछि अस्पतालको सघन उपचार कक्षबाट एक नर्स बाहिर निस्केर प्यासेजको चिसो मार्बलमा उँघिरहेका दम्पत्तिलाई ए दाइ ! ए दिदी ! भन्दै बोलाउँछिन् । आँखा मिच्दै दम्पत्ति जराकजुरुक उठ्दछन् र आशातित् नजरले नर्सलाई हेर्दछन् । नर्स भन्छिन्– तपाईहरुको छोरी अब रहिनन् । एकछिन्सम्म त नर्सले बोलेको अर्थ नै बुभ्mदैनन् दम्पत्तिले । एकअर्का मुखामुख गर्छन् । आमाचाहिँले अर्थ बुभ्mदछिन् र थचक्क बस्दै रुन थाल्छिन् । अनि बाबुचाहिँ पनि थाप्लोमा हात राखेर घोप्टो पर्छन् ।

डिस्चार्ज प्रक्रिया पूरा भएपछि दम्पत्तिमध्ये बाबुचाहिँले अप्पतालको शैय्यामा सुतिरहेकी आप्mनो नवजात शिशु अर्थात् छोरीलाई हातमा लिन्छन् र एकटकले हेर्छन् । छोरी मरेकी छैनन् र मस्त निद्रामा छिन् जस्तो लाग्छ । एकहातको हत्केलामा छोरी अड्याएर अर्को हातले छोरीको मुहार सुम्सुम्याउँछन् । तब चिसो स्पर्शले झसङ्ग हुन्छन् । उनलाई आप्mनो छोरी साँच्चै मृत भएको महशुस हुन्छ । उनी आप्mनो मृत छोरी लिएर बाहिर आउँछन् । आमाचाहिँ छोरी भन्दै डाँको छाडेर रुन थाल्छिन् । केहीबेरपछि आमाको रोदनको भोल्यूम कम हुँदै जान्छ । त्यसको साटो अस्पतालको प्यासेजमा मानिसहरु हिँडेका चप्पल र जुत्ताका आवाजका भोल्यूम चर्किदै जान्छन् । त्यो दम्पत्ति आप्mनो मृत नवजात शिशु लिएर अस्पतालबाट चुपचाप बाहिरिन्छ ।

दम्पत्ति एउटा अटोमा छोरी लिएर घर फर्कदैछन् । बाटाका दायाँ–बायाँ खेतमा हरिया धानका गाभाहरु हावाको झोँक्कामा मुन्टो हल्लाइरहेका छन् । कतै–कतै चौरमा गाई, भैँसी चर्न थालेका छन् । हाटबजार जानेहरुको लर्को बाटामा देखिन थालेका छन् । त्यस्तै स्कूल जाने विद्यार्थीहरुका हुल पनि । यस्तो लाग्दछ कि मानिसहरुका दैनिक रोजमर्राका कुराहरु सहज रुपमा चलिरहेका छन् तर यी दम्पत्तिलाई बिपत्ती आइलागेको छ । आप्mनो वैवाहिक जीवनको पहिलो सन्तान नै आपूmहरुसँग रहिनन् । अटोभित्र दम्पत्ति एकै गुजुल्टो परेका छन् । अटोवाला घ–िघरि पछाडि फर्केर हेर्छन् । तिनीहरुले ग्राभेल बाटोमा उफ्रिँदै कुदेको अटोबाट मृत नानी खसाउलान् कि भनेर ।

अटो ग्राभेल बाटो छाड्दै गाउँको हरियो बाटोमा प्रवेश गर्छ । केही क्षणमै एउटा छाप्रोको आगनमा पुगेर रोकिन्छ । आफन्त र गाउँलेहरुले अटोलाई घेर्दछन् । नानीको आमाको रोदनको भौल्यूम एक्कासी चर्किन्छ । आफन्तहरुको रोदन पनि थपिन्छ । एकप्रकारले स्थिति सम्हाल्नै नसकिने हुन्छ, तर गाउँलेहरु मध्ये कसै न कसैले स्थिति सम्हाल्छन् । रित्तो अटो फर्कन्छ । कुकुरहरुले अलिकपरसम्म भुक्दै अटोलाई लखेट्छन् ।

महिनादिन मात्र नाघेको त्यो खोयाजत्रो सानो नानीलाई आगनबीचमा राखेर आमासहित महिलाहरु झुरुप्प भएर बिलौना गरिरहन्छन् । नानीलाई के बिराम लागेको हो कसैलाई एकीन छैन । नानीको केही भित्री अङ्गहरु राम्ररी विकसित नभएकाले श्वासप्रश्वासमा समस्या भएर नानीको मृत्य भएको भनेर अस्पतालले बतायो । नवजात शिशुलाई आप्mनो दूध खुवाउनसम्म नपाएकोमा आमाचाहिँलाई औधी विस्मात् छ । उनी त्यसै भनेर बिलौना गर्छिन् । नानीको हजुरबाबु र हजुरआमा नातिनी खेलाउन नपाएकामा बिलौना गर्दछन् । भगवानले नातिनी दिएर पनि किन यति चाँडै खोस्यो ? भनेर बिलौना गर्दछन् ।

‘लु लु नानीलाई लाने बेला भयो अब, लु सबै हट !’ भन्दै आफन्त मध्येका अगुवा कराउँछन् । उनी भन्छन्– ‘नरोओ अब । उसले यति नै समय लिएर आएकी रै’छ । उसको लेखान्त नै यस्तै रछ । रोएर अब ऊ फर्किन्न । मन दह्रो पार ।’ कसैले नानीको सानो नयाँ क्रोक्रो बोक्छन् । कसैले नानीको कपडा अनि कसैले अन्तिम संस्कारको लागि चाहिने सरजाम । संस्कार गर्ने पुरेत पनि जङ्गल जान तयार छन् । कसैले ह्वाँ…ह्वाँ… रोइरेकी आमाचाहिँको हातबाट मृत नानी खोस्छन् । महिलाहरुको भिडले नानीतिर हुत्तिइरहेकी आमालाई च्याप्प समाएर रोक्छन् । हेर्दाहेर्दै नानीसहित भएभरका पुरुषहरु आगनबाट गायब हुन्छन् । घरमा भएकाहरुको रोदन विस्तारै मत्थर हुँदै जान्छ । ‘बल्ल आएकी लक्ष्मी कति चाँडै गईन्’ –भन्छन् कोही । अनि कोही के भन्छन् कोही के ।

हरियाली जङ्गलबीच(घाट)मा सानो खाल्डो खन्छन् मलामीहरु । संस्कार गर्ने पुरेत विधिविधान गर्छन् । ‘तिमी यति छोटो समयका लागि मात्र आए पनि तिमीले यो धर्तीमा राम्ररी पाइला नटेके पनि, तिमी धर्मीमा समाधिस्थ हुनका लागि तिम्रो लागि हामीले धर्तीमाता, नेपाल देशको सरकार र स्थानीय सरकारसँग जमिन किनेका छौँ । तिमीलाई कुनै भारा लाग्दैन, कुनै पाप लाग्दैन, तिमी स्वर्गमा पनि सकुशल पुग्दछ्यौ’ –भन्दै धर्ती (चिहान)मा चढाइएका केही ढ्याक पैसाहरुतर्पm संकेत गर्दछन् । अनि मृत नानीलाई खाल्डोमा राख्न पुरेत संकेत गर्दछन् ।

नानीको बाबुचाहिँले कात्रो उठाएर अन्तिम पटक नानीको मुहार हेर्छन् र नानीलाई क्रोक्रोभित्र जतनले राख्छन् । आफन्तहरुले कोक्रोलाई कफन (बाकस)को स्वरुपमा बन्द गरिदिन्छन् र हत्तनपत्त कोक्रो बोकेर खाल्डोतिर डौडन्छन् । यसो गर्दा नानीको बाबु बिव्हल हुन्छन् र उनी त्यही जमिनमा थचक्कै बसेर रुन थाल्छन् । कोही उनलाई सम्हाल्न थाल्छन् । नानीको बाबुसहित मलामीहरुले मृत नानीलाई माटो दिन्छन् । हेर्दाहेर्द त्यो खाल्डो एकैछिन्मा पुरिन्छ । नानीको चिहानमाथि माटोको केही अग्लो ढिस्को बनाइन्छ । ढिस्को माथि नानीको बाँकी कपडाहरु ओड्ने ओछ्याउने, लगाउने कपडा राखिन्छ । मानौ नानी त्यही ओछ्याउनेमा ओड्ने ओडेर सुतिरहेकी छिन् । त्यसमाथि नानीको लागि किनेको सानो रेडिमेड रंगीन झुल पनि राखिन्छ । मानौ नानीलाई लामखुट्टेले नटोकोस् । झुलको चारवटा खुट्टाका किलाहरु चिहानको माटोमा दह्रोसँग गाडिन्छ ताकि हावाले उडाएर नलगोस् । चिहानको दायाँबायाँ नानीलाई नुहाउनओर्न पानी राख्नका लागि किनेको बाल्टिन् र छिर्लिङ्–छिर्लिङ् गर्ने खेलाउने कुरा पनि राखिन्छ । जङ्गलबीचमा नानीको त्यो सानो चिहान अनौठो र सुन्दर देखिन्छ ।

नानीका बाबुसहित मलामीहरु सबै फर्कन्छन् । घरमा पुग्दा केही छिमेकीहरु, आफन्तहरु यताउता ओल्याङ्टोल्याङ् अवस्थामा भएका देखिन्छन् । मृत नानीका आमा र बाबु फेरि एकै पोको पर्दछन् र ह्वाँ…ह्वाँ… गरेर रुन थाल्छन् । कोही सम्झाउन थाल्छन् त कोही आ–आप्mनो घरतर्पm बाटो लाग्दछन् ।

पोकोबाट छुट्टिँदा उनीहरुको अगाडि मृत नानीको हजुरआमा र हजुरबाबुमात्र बाँकी रहेछन् । अनि छेवैमा दुईवटा कुकुर टत्र्mयाक टुक्रुक्क बसेर हेरिरहेका । साँझ परेकाले कुखुराहरु खोरमा पस्न बाँसको सिँढी चड्दै गरेका । कोठेबारीमा पगा लगाइएका बाख्रा र वस्तुहरु साँझ परेको संकेत स्वरुप ‘म्या…’ ‘म्या…’ र ‘ड्वाँ…’ ‘ड्वाँ…’ गर्दै कराई रहेका ।

घाम डुब्दै जाँदा शोकाकुलहरुलाई विभिन्न कल्पनाले अब रात कसरी काट्ने भनेर डर लाग्न थाल्छ, तर सिर्जित परिस्थितिलाई केवल उनीहरुले सहनु र व्यहोर्नु नै छ । यसमा देशको सरकार हुन् या स्थानीय सरकार कसैलाई मतलव हुने छैन । लोकको रीत नै यस्तै छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here