लोकप्रिय वडा अध्यक्ष बन्न सफल थापा

0
2928

माईधार ।

स्थानीय निर्वाचन पछि गठित स्थानीय सरकारका प्रतिनिधीले हरेक निर्माणका योजना तथा अवसरमा आफ्नो अनुकुलका कार्यकर्ता वा आफन्तलाई मात्र समेट्ने गरेको आरोप शिवसताक्षीको १० नम्बर वडामा भने झुटो सावित भएको छ ।

सो वडाको अधिकांश विकासे योजना र अवसरमा वडा कार्यपालिकाले पहिलो प्राथमिकतामा प्रमुख प्रतिपक्षलाई राख्ने गरेको पाईएको छ । वडा अध्यक्ष कर्णवहादुर थापाले आफु संगै चुनाव लडेका उम्मेद्धारलाई निर्माण उपभोक्ता समितिको अध्यक्ष लगायत अन्य जिम्वेवार पद दिएर अनुकरणीय काम गरेका छन ।

स्थानीय तहको निर्वाचनमा कर्णवहादुर थापा तत्कालिन एमालेबाट निर्वाचन लडेका थिए भने उपभोक्ता समितिका अध्यक्ष अमृतवहादुर कार्की नेपाली काँग्रेसबाट निर्वाचन लडेका थिए । मतको ठुलो अन्तरमा पराजित बनेका कार्कीले वडा अध्यक्ष सहित वडा कार्यपालिका को हरेक योजनामा सल्लाह र सुझाव समेत दिने गरेका छन ।

वडामा कुनै काम गर्नुपर्यो भने वडा अध्यक्ष थापाले वडाका दिग्गज नागरिकसंग सरसल्लाह लिने दिने गरेका छन । वडा अध्यक्षको कार्यशैली वडाका सवै नागरिकले रुचाएपछी उनी सवैका लोकप्रिय वडा अध्यक्ष बन्न सफल भएका छन । वडा अध्यक्ष थापाले माईधार आँपटारी सडक ग्राभेलको निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्वाचनको निकटतम प्रतिद्धन्दी कार्कीलाई बनाए भने, एनसेल टावर पुर्वको कनकाई नहरको पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष नेपाली काँग्रेसकै क्षेत्रिय स्तरका नेता सोमप्रकाश वनेमलाई बनाए । माईधार दोमुखा सडकको सरदारे खोलाको पुल तत्कालिन माओवादीका नन्दु रायलाई बनाएभने सोहि समितिको सचिवमा नेपाली काँग्रेसका सुर्य अधिकारीलाई सचिव बनाए ।

सो वडाका हरेक योजना, अवसरमा अनियमितता छैन भन्ने कुराको पुष्टी पनि वडा कार्यपािलकाको कार्यशैलिले देखाएको स्थानीय वडाबासी बताउँछन् । जताततै आफ्ना नाता गोता, कार्यकर्तालाई ठेक्का, निर्माण उपभोक्ता समितिको पदाधीकारी लगायतमा जिम्वेवारी दिएर अनियमितता भएको समाचार आफ्नो वडामा नभएको बताउँछन स्थानीय कैलाश शिखर । उनि भन्छन, ‘जनप्रतिनिधी हुन त कर्णवहादुर थापा जस्ता, आँखामा हाल्दा पनी नविझाउने ।’

वडामा थापाले नगरले नगरेकै काम गरेर चर्चामा छन । ०७५÷०७६ को नगरले दिने वडा सिलिङ्ग बजेटवाट वडाका सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरे । कतिपय सुत्केरीका घरमा वडा अध्यक्ष सहित वडा कार्यपालिका सदस्य टोलिनै बनाएर पोषण तत्व लिएर पुगे । थापाले भने, ‘चालु वर्षमा पनि यो कार्यक्रमलाइ निरन्तरता दिन पर्याप्त बजेट छुट्याएका छौ ।’

वडामा अर्को लिम्वु समुदायको मातृभाषामा अध्ययन अध्यापनका लागि वडाले बजेट छुट्याएर नगरकै नौलो कामको थालनी गरेको छ । ‘वडा नम्बर १० लिम्वु समुदायको वाहुल्यता रहेको वडा हो’ वडा अध्यक्ष थापाले भने, ‘यो कार्यक्रमका का लागि चालु वर्षमा १ लाख छुट्याएका छौ । कार्यक्रमले निरन्तरता पाउने छ ।’ वडाको साहित्यीक गतिविधि नामेट हुन नदिन वडा कार्यपालिकाले बजेट छुट्याएको छ । नगरमै उदाहरणीय बन्न सफल १० नम्बर वडा हरेक कारणले नगरमा १ नम्वर बन्ने गरेको सुनाउछन वडाबासी ।

वडा अध्यक्ष थापा नगरकार्यपालिका भित्रै अनुभवी र जेष्ठ हुन । २०४९ साल देखी वडा अध्यक्ष भएरै उनले काम गरे । ०४९ सालको निर्वाचनमा उनी पहिलो पटक निर्वाचित भए । ०५४ सालमा पनि उनै कर्णवहादुर थापाले निर्वाचन जिते र ०५९ सम्म वडाको अध्यक्ष भए । त्यसपछी थापा वडामा क्रियाशिल सर्वदलिय समितिको अध्यक्ष भएर काम गरे । स्थानीय बासी भन्छन, ‘थापा नेतृत्वले गरेको काम सवैका लागि विवादरहित हुने गर्छ ।’

कर्णवहादुर थापाको अव को ध्येय वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने हो । उनले भने, ‘तिहार पछी यो पनि समस्या समाधान हुने छ ।’ वडाको ठुुलो समस्याको रुपमा उनले कनकाई नदिको कटानलाई देखेका छन । उनलेभने, तीन तहकै सरकारमा प्रतिनिधीत्व गर्ने जनप्रतिधिलाई भेटेपिच्छे समस्या राख्ने गरेको छु । वडाले मात्र त्यो राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनको ठोकुवा छ ।

कर्णवहादुर थापाको बोलीमा दम छ । स्थानीय भन्छन नहुने र हुन नसक्ने कुराको उनी खुलेर प्रतिवाद गर्छन उनको प्रतिवादलाई वडा बासीले साथ दिएका छन । वडा कार्यपालिका सफलहुन उनले आफैलाई एक्लो ठानेका छैनन् । भन्छन, वडाबासी त्यसमापनि आफुसंगै निर्वाचन लडेका अमृत लगायत नेपाली काँग्रेसको ठुलो सहयोग मलाई मिलेको छ । कार्यपालिका सदस्य मन्दिरा पाठक, कमला रसाईली, हर्क सिगु र भाष्कर सिटौलाको टिम अव्बल रहेकै कारण १० नम्बर वडा अन्य वडा भन्दा फरक छ ।

निर्वाचन ताका मतदातालाई दिएको वाचा ७५ प्रतिशत पुरा गरेको उनले बताए । ‘हामीले घोषणा पत्रै जारी गरेका थियौ, त्यहाँ लेखिएका र हामी संगै निर्वाचन लडेका अन्य पार्टीका साथीहरुको बाचा पनि हामिनै उहाँहरुकै सहयोगमा पुरा गर्दे आएका छौ । पछिल्लो पटक वडा अध्यक्ष भएपछी ३४ साल पछिको ठुलो समस्या समाधान गर्नपाएकामा गर्व लागेको उनले सुनाएका छन । सरदारे खोलाको पुल नहुदाँको समस्या उनी बसाईसरी आउदै देखीको हो । उनलाई लाग्थ्यो कुनै नेतृत्व तहमा पुगेभने यो समस्या समाधान गर्ने छु । आज उनले त्यो समस्या समाधान गर्नपाएकामा गर्व गर्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here