शुभकामना आदान–प्रदानका लागि प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदै

0
582

बिर्तामोड ।

चाड पर्वको शुभकामना तथा चियापन कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँने भएका छन् ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा हरेक बर्ष नेपाली हरुको महान चाड विजया दशमी, शुभ–दिपावली,छठपर्व लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम विगतका बर्षहरुमा महानवमीको दिन विर्तामोडमा हुदै आएकोमा यो बर्ष १६ गते बिहिवारकै दिन दमकमा हुने भएको छ।

उक्त कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको आयोजना र पार्टी जिल्ला कमिटिको ब्यवस्थापनमा हुने छ । सोहिदिन औद्योगिक पार्कको निर्माण तयारी शुभारम्भ गरिने र मावा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यसैबीच नेकपा झापाका नेता कार्यकर्ता भेटघाटका क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसंग महत्वपूर्ण विषयमा छलफल गरिएको र पार्टी कामको रिपोर्टिङ पनि गरिएको झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

अध्यक्ष पाठकका अनुसार मदन भण्डारी रंगशाला ,जिल्लामा फलफूल उत्पादन ,जुस उद्योग र वनको विकास ,जिल्लाको विभिन्न ठाउँका अव्यवस्थित जग्गाहरुको लालपुर्जा वितरण,खोलाहरुको तटबन्धन लगायतका बिषयमा पनि छलफल भएको छ ।

छलफलमा प्रदेश नम्बर एकका अध्यक्ष देवराज घिमिरे ,झापा सह–इन्चार्ज देवेन्द्र दाहाल,जिल्ला अध्यक्ष चिन्तन पाठक ,प्रदेश कमिटी सदस्य गगन पुरी ,जिल्ला कमिटी सदस्य राधाकृष्ण खनाल र बेनु शिवाकोटी ,आर्थिक विभागका सदस्य सुरज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here