फूलपातीमा सानो पाथीभरामा प्रसादको भण्डारा लगाइने

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

विर्तामोड,

सानो पाथीभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमाआउँदो बडादशैंको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ ।
झापाको विर्तामोडका व्यवसायीहरुको आयोजनामा यही असोज १८ गते शनिबार फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो । यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौं पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए । चैतेदशैं र बडादशैं गरी वर्षमा दुईपटक भण्डारा लगाउने गरिएको उनले बताए ।
यसपटक लगभग ६ हजार भक्तजनलाई पुग्नेगरी भण्डारा लगाउने तयारी गरिएको छ । दशैंको बेला पाथिभराम ाभक्तजनहरुको घुइँचो लाग्ने भएकोले दशैंको अवसरमा प्रसादको भण्डारा लगाउने गरिएको पनि अग्रवालले जानकारी दिए ।
प्रसादको भण्डारा लगाउन थालिएको आधा दशकको यो अवधिमा पाथिभरा भण्डारा समितिले दर्शनार्थीको सुविधाका लागि पाथिभरा क्षेत्रमा विभिन्नखाले सुविधायुक्त संरचनासमेत निर्माण गरिदिएको छ । भण्डारा लगाउन अघिसम्म मन्दिर परिसरमा रहेको खानेपानीको अभावअहिले हटेको छ । पहिलो भण्डारा लगाउँदा पानी बोकेर मन्दिर परिसरमा पुरयाउँदा झेल्नुपरेको समस्यालाई दृष्टिगत गरी व्यवसायीहरुकै लगानीमा मेची राजमार्गछेउको मुहानबाट पाइपलाइन विस्तार गरी डाँडाको मन्दिरसम्मै शुद्ध खानेपानीको सुविध ापुगेको छ । यसका लागि विर्तामोडको मनिषा आइरनले लगभग ६ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो भने विर्तामोडकै जनता केवलका सञ्चालक पवन अग्रवालले डाँडामा फिल्टर ट्यांकी राखी चिसो र तातो पानीको व्यवस्था गरिदिएका छन् ।
यसैगरी, विर्तामोडको गोल्छा अर्गनाइजेशनले भक्तजनलाई आरामग र्न र घामपानीबाट जोगिनका लागि टहरा निर्माण गरिदिएको छ भने भद्रपुरका लेखनाथ निरौलाले नवदुर्गाक ानौवटा मूर्ति निर्माण गरिदिएका छन् । नवदुर्गा स्थापना गरिएको मन्दिर विर्तामोडका व्यवसायीहरुले निर्माण गरेको पनि अग्रवालले जानकारी दिए । मन्दिरको बाहिरी भागमा प्रतिष्ठापन गरिएको पाथिभरा माताको ठूलो प्रतिमा विर्तामोडकै बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उपलब्ध गराएका हुन् ।
यसरी विर्तामोडका उद्योगी–व्यवसायीहरुको सहयोगमा सानो पाथिभरा मन्दिर परिसरमा विभिन्नखाले सुविधाहरु थपिँदै गएका छन् । यस वर्षको भण्डारा लगाइने दिन स्टिलका १४ थान बेञ्च पनि सहयोग गर्ने कार्यक्रम रहेको छ भने त्यहाँ जग्गा उपलब्ध हुँदा हनुमानमो मन्दिर निर्माण गर्ने सोच पाथिभरा भण्डारा समितिले बनाएको छ । व्यवसायीहरुकै सहयोगमा मन्दिर समितिलाई भाँडाकुँडा पनि उपलब्ध गराइएको अग्रवालको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here