सशस्त्रलाई हराउँदै सैनिक सेमीफाइनलमा

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा सैनिक युथ क्लब विजयी भएको छ ।

स्थानीय शहीद टेक–मान रंगशालामा क्षेत्रीय सशस्त्र प्रहरी बल पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै सैनिक सेमीफाइनलमा विजयी भएको हो ।

जीतसँगै सेमीफाइनलमा पुग्न सफल सैनिकका लागि खेलको ५८औँ मिनेटमा अनिश मगरले गरेको गोल नै निर्णायक बनेको थियो ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोल गरेका सैनिकका अनिश मगर घोषित भए । उनलाई आयोजक समितिका अध्यक्ष कृष्ण लोहार, प्रचारप्रसार उपसमितिका संयोजक डिबी दर्नाल, आर्थिक संयोजक पवन खनाल, आयोजक टिमका प्रशिक्षक विजय सेन्दाङलगायतले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

आइतबारको खेल आयोजक सयपत्री युवा समूह र टाँडी युवा क्लब मोरङबीच खेल हुने समितिका उपाध्यक्ष उपेन्द्र बस्नेतले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here