घुम्ती शिविरबाट १५० बढी सेवाग्राही लाभान्वित

0
613

पाँचथर,

व्यवसायीलाई घरदैलोमै सेवा पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ पाँचथरको पहलमा शनिबार सञ्चालित घुम्ती शिविरमा १५० सेवाग्राहीले सेवा लिएका थिए । व्यावसायिक फार्म नवीकरण, कर सङ्कलन, करदाता शिक्षासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपालले बताउनुभयो ।

हिलिहाङ गाउँपालिकाको सिंहापुर, भालुचोक, गणेशचोक, गोपेटार र जोरपोखरी बजार क्षेत्रमा उक्त घुम्ती शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका महासचिव नवराज घिमिरेले जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा पनि सञ्चालन गर्दै आएको घुम्ती शिविर यस वर्ष पनि घरदैलोमै गएर व्यवसायीलाई सेवा प्रदान गरिएको वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीमबहादुर कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here