झापाका धिमाललाई कपिलवस्तु श्री

१३ आश्विन २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड।

प्रथम कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ग्यालेक्सी फिटनेस बिर्तामोड झापाका ललित धिमालले हात पारेका छन् ।

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा बुद्ध जन्मस्थल तिलौराकोट दरवारमा भएको प्रतियोगितामा विभिन्न छ वटा तौल समूहमा प्रथम भएकालाई पछि पार्दै ग्यालेक्सी फिटनेसका धिमालले उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी र ७५ केजीभन्दा माथि तौल समूहका देशभरबाट ६० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष ७५ केजीमाथि तौल समूहमा प्रथम भएका धिमालले ओभरअल प्रतिस्पर्धामा अन्य छ तौल समूहमा प्रथम भएका बडिबिल्डरलाई पछि पार्दै उपाधि हात पारेका हुन् ।

धिमालले उपाधिसँगै नगद दुई लाखसहित १५ केजी तौल भएको धातुको बुद्ध मूर्ति प्राप्त गरे । उपाधि प्राप्त गरेपछि धिमालले आफ्नो लक्ष्य पूरा हुँदै गएको र उपाधिले आफूलाई अझ हौसला मिलेको बताए ।

ग्यालेक्सी फिटनेस बिर्तामोड झापाका प्रशिक्षक समेत रहेका धिमालले युवा पुस्ता शारीरिक सुगठनतर्फ आकर्षित हुन थालेकाले उनीहरूका प्रेरित गर्दै शारीरिक सुगठनको विकासमा लागि पर्ने बताए ।

यसअघि उनी २०७५ सालमा दोस्रो मिष्टर नेपाल च्याम्पियन हुनुका साथै साउथ एसियन च्याम्पियनमा उनले रजत पदक प्राप्त गरेको ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर लाफाले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा ६५ केजी तौल समूहमा ग्यालेक्सी फिटनेस बिर्तामोड झापाका सुमन लिम्बू प्रथम भएका थिए । उनले १५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय जज पुष्पकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय टोलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिताका विजेताहरुलाई भारतीय जनता पार्टीका नेता तथा खेलका अन्तर्राष्ट्रिय कोच सुवास भदाना, फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, सामाजिक सञ्जालमा चर्चित अघोरी बाबा, कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले लगायतले ट्रफी तथा नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here