रोलिङलाई पराजित गर्दै शिवसताक्षी सेमीमा


१४ आश्विन २०७६, मंगलवार ०६:२० मा प्रकासित

अर्जुनधारा ।

Advertisement

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा शिवसताक्षी युवा क्लब झिलझिले विजयी भएको छ ।

स्थानीय टेकमान रंगशालामा रोलिङ फुटबल क्लब धुलाबारीलाई सडन डेथमा पराजित गर्दै शिवसताक्षी विजयी भएको हो । जीतसँगै शिवसताक्षी अन्तिम चारमा पुग्न सफल भएको छ ।

निर्धारित समयमा दुवै टोलीले ४–४ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान ४–४ गोल नै भएपछि खेलको निर्णय सडन डेथमा भएको थियो । शिवसताक्षीको जीतका लागि निर्णायक गोल रोहन कार्कीले गरेका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोल गर्ने शिवसताक्षीका कार्की घोषित भए । उनलाई राष्ट्रिय सभाकी सदस्य सरिता प्रसाईंले नगद ३ हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।

मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक सयपत्री युवा समूह र चन्द्रगढी फुटबल एकाडेमीबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले बताए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्