एक्सेलका पाँच बचत तथा कर्जा योजना शुभारम्भ


१५ आश्विन २०७६, बुधबार ०६:२१ मा प्रकासित
  • 38
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

बिर्तामोड।

Advertisement

झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बचत तथा कर्जाको नयाँ योजना शुभारम्भ गरेको छ ।

बकले बिर्तामोडमा आयोजना गरेको नयाँ निक्षेप तथा कर्जा योजना शुभारम्भ कार्यक्रममा विभिन्न पाँच प्रकारका बचत तथा कर्जाको नयाँ योजनाको शुभारम्भ गरेको हो ।

कार्यक्रममा बैंकका कर्जा विभाग प्रमुख शिवकुमार गिरीले बैंकले एक्सेल घरकर्जा, एक्सेल मेरो पेन्सन बचत खाता, एक्सेल हाम्रो सुरक्षा बचत खाता, एक्सेल मेरो तलव बचत खाता र संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगतका योजनाहरु शुभारम्भ गरेको बताए । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुका लागि उक्त योजनाहरु ल्याइएको उनले बताए ।

उनले घर निर्माणमा सहयोग पुर्याउन एक्सेल घरकर्जा, भूतपूर्व सैनिक, प्रहरी, कर्मचारी, शिक्षकहरुका लागि पाँच लाखको दुर्घटना तथा पूर्ण असक्तता बिमासहितको एक्सेल मेरो पेन्सन बचत खाता, परिवारकै बिमा सुरक्षाको सुबिधाका लागि एक करोड ५० लाखसम्मको दुर्घटना तथा पूर्ण असक्तता बिमासहितको एक्सेल हाम्रो सुरक्षा बचत खाता र सार्वजनिक तथा संस्थागत संस्थाहरुमा कार्यरत् कर्मचारीहरुका लागि पाँच लाखसम्मको दुर्घटना तथा पूर्ण असक्तता बिमा सुविधासहितको एक्सेल मेरो तलव बचत खाता सञ्चालनमा ल्याइएको बताए ।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिद्यालय सुधार कार्यक्रम, एक्सेल छात्रवृत्ति योजना, एकल बिद्यालयसँग सहकार्य गरी कार्यक्रम सञ्चालन, हामीलाई पनि जाडो लाग्छ कार्यक्रम र सफा पानी तिम्रो लागि नानी जस्ता कार्यक्रम शुभारम्भ गरिएको उनले बताए । उनले एक्सेल छात्रवृत्ति योजना अन्तर्गत तीन जिल्लाका ५४ वटा सामुदायिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको, बिद्यालय जान नसक्ने बिद्यार्थीहरुलाई शिक्षा दिन एकल बिद्यालयसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिने बताए ।

त्यस्तै रोटरी क्लवसँग सहकार्य गरेर हामीलाई पनि जाडो लाग्छ कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुलाई जाडोका कपडा प्रदान गरिने, सामुदायिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुका लागि सफा पानी तिम्रो लागि नानी कार्यक्रम अन्तर्गत खानेपानीको ट्यांकी स्थापना गरिने बताए ।

कार्यक्रममा बैंकका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेलले बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ३६ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको बताए ।

उनले बैंकले आ.व.२०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी रु. ६९ करोड २६ लाख ७४ हजारको १७ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको र उक्त चुक्ता पँुुजीको ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी निर्णय आ.व. २०७४÷०७५ को बार्षिक साधारण सभाबाट गरिसकेको बताए ।

आ.व. २०७५÷०७६ मा अप्रशोधित खुद मुनाफा रु. १५ करोड ५६ लाख ३५ हजार गर्न सफल भएको जानकारी दिदै उनले बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु. छ अर्ब ४६ करोड र निक्षेप संकलन रु. सात अर्ब रहेको बताए ।

उनले बैंकले एबीबीएस, सी–एएसबीए, आइपीएस, कनेन्ट आइपीएस, अनलाइन क्लियरिङ तथा क्युआर कोड मार्फत भुक्तानीसहितको स्मार्ट मोबाइल बैंकिङ सेवा, भारत र भुटान समेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिजा डेभिट कार्ड, रेमिटान्स सेवा, अनलाइन चेक क्लियरिङ सेफ डिपोजिट लकर सेवा, तीन सय ६५ दिने बैंकिङ सेवाहरु प्रदान गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सूचना प्रविधि प्रमुख समिर न्यौपाने, बजारीकरण बिभाग प्रमुख पंकज घिमिरे, बिर्तामोडका कार्यालय प्रमुख नारायण सुवेदी, चन्द्रगढी शाखा प्रमुख टीका दाहाल लगायतले विविध विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्