सहाराले दियो एकल महिला, अशक्त र ज्येष्ठलाई दशैं खर्च


१५ आश्विन २०७६, बुधबार ०६:२९ मा प्रकासित
  • 342
  •  
  •  
  •  
  •  
  •  
    342
    Shares

बिर्तामोड।

Advertisement

सहारा नेपाल सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध पाँच सय ५० जना सदस्यलाई भत्ता स्वरुप दशैं खर्च प्रदान गरेको छ ।

सहकारीमा आवद्ध ज्येष्ठ सदस्य, एकल महिला र अशक्तलाई भत्ता वितरण गरेको हो । धुलाबारी सेवा केन्द्र, चारपाने सेवा केन्द्र र शिवगञ्ज सेवा केन्द्रबाट सहकारीले एकैदिन पाँच सय ५० जनालाई भत्ता वितरण गरेको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

गिरीका अनुसार जेष्ठ सदस्य र अशक्तलाई पोषण, एकल महिलाका लागि आफू एक्लो भएको महशुस नहोस् भन्दै प्रोत्साहा स्वरुप रकम प्रदान गरिएको हो । सहकारीले ६५ वर्ष माथिका ६९ जनालाई ६ हजार रुपैयाँका दरले, ७० वर्षमाथिका ५९ जनालाई ८ हजार रुपैयाँका दरले, ८० वर्षमाथिका ८ जनालाई १० हजार रुपैयाँका दरले, तीन जना अशक्तलाई १० हजार र ४ सय ११ जना एकल महिलालाई ८ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको हो ।

सहकारीले दशैं मनाउनका लागि मात्रै ४२ लाख ८४ हजार रुपैयाँ वितरण गरेको बताइएको छ । यसपालीको दशैं सहारा कर्मचारीसँग भन्ने नारासहित सहकारीले गाउँ–गाउँमा पुगेर ज्येष्ठ सदस्य, एकल महिला र अशक्तलाई भत्ता वितरण गरेको हो । बिर्तामोडस्थित चारपाने सेवा केन्द्रमा दुई सय ४१ एकल महिला, ६५ नाघेका ३१, ७० नाघेका २० र ८० नाघेका ५ जना गरी दुई सय ९७ जनालाई दशैं खर्च प्रदान गरिएको हो ।

सहकारीले उनीहरुलाई २३ लाख ७६ हजार रुपैयाँ दशैं खर्च दिएको हो । त्यस्तै मेचीनगरको सेवा केन्द्रमा आयोजित कार्यक्रमकाबीच ६४ एकल महिला, २४ जना ६५ नाघेका, ६ जना ८० वर्ष नाघेका एक सय १९ जनालाई ९ लाख २ हजार रुपैयाँ दशैं खर्च प्रदान गरेको छ ।

उता शिवगञ्ज सेवा केन्द्र अन्तर्गत रहेको कुमुदिनीमा आयोजित कार्यक्रमकाबीच एक सय ६ जना एकल महिला, १४ जना ६५ नाघेका, १४ जना ७० नाघेका गरी एक सय ३४ जना लाई १० लााख ७२ हजार रुपैयाँ दशैं खर्च प्रदान गरेको हो ।

चारपाने सेवा केन्द्रमा आयोजित कार्यक्रम बिर्तामोड नगरपालिका–२का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको थियो । सो कार्यक्रममा संस्थाकी उपाध्यक्ष पवित्रा सुब्बाको अध्यक्षता रहेको थियो भने संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाले गरेको कामका विषयमा प्रकाश पार्दै बिजयादशमी लगायत नजिकिएका सबै चार्डपर्वको शुभकामना दिएका थिए । उनले सहाराले यसपालीको दशैं सहारा कर्मचारीसंग भन्दै गाउँ–गाउँमा गएर चाडपर्वलाई सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे ।

सहकारीमार्फत दशैं खर्च पाएपछि ज्येष्ठ नागरिक, अशक्त र एकल महिला हर्षित देखिएका छन् । उनीहरुले दशैंको बेला सहाराले गरेको सहयोगले दशैं मनाउन उत्साह थपेको बताए ।

कार्यक्रममा लेखा सुपरिवेक्षण संयोजक भरतकुमार भट्टराई, सञ्चालक समिति सदस्य यशोदा प्रसाई, भीमबहादुर खवास, हेमराज गिरी, मोहनकुमार पोखरेल, लेखा सुपरिवेक्षण समिति सदस्य श्यामकुमार दहाल युवराज निरौला, सामाजिक सुपरिवेक्षण सदस्य डिल्लीराम सिटौला, रेखा रिजाल, चारपाने सेवा केन्द्र सञ्चालन समितिका बविता पराजुली, रमा पौडेल भट्टराई र गोमा सुब्बा लगायतको सहभागिता थियो ।

शिवगञ्ज सेवा केन्द्रमा भएको कार्यक्रममा उपाध्यक्ष उपेन्द्रप्रसाद ओली सहित सह–सचिव ज्ञानुनाथ मैनाली,सञ्चालन समिति सदस्य शुक्रबहादुर तामाङ, चित्रकला ओली, शंकरप्रसाद रिजाल, चक्रपाणी खनाल लगायत सहभागी थिए ।

यता धुलाबारी (हावस) सेवा केन्द्र अन्तर्गत भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, कोषाध्यक्ष डम्बर देउजा, सञ्चालक समिति सदस्य भीमबहादुर गिरी, एकराज गिरी, नरहरि न्यौपाने, पदमलाल भट्टराई, हरिमाया सिग्देल, अर्जुनकुमार चुडाल र ऋण उपसमिति सदस्य तारा प्रसाईको सहभागिता रहेको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्