बालकको उपचारार्थ आर्थिक सहयोग

0
435

खोटाङ, 

आगोले पोलेको घाउमा कीरा परेपछि अस्पताल पु¥याइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्तमनस्थितिका १२ वर्षीय सूर्यप्रकाश राईलाई आर्थिक सहयोग उपलब्ध गरिएको छ ।

दुई महीनाअघि अँगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा कीरा परेर थलिएका बालकको उपचार गर्न किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले सङ्कलन गरेको रु एक लाख १४ हजार ४४८ सहयोग रकम मङ्गलबार उपलब्ध गराइएको हो ।

रकम प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले पीडित बालकका बुबा कुन्दन राईलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग समितिले गत भदौ १० गतेसमेत रु १५ हजार ८०५ प्रदान गरेको थियो ।

बालकको सहयोगार्थ सङ्कलित रकममध्ये केही रकम कृषि विकास बैंकको शाखा कार्यालयमा पीडितको नाममा खोलिएको खातामा जम्मा गरिएको सहयोग सङ्कलन समितिका आर्थिक संयोजक सविता भुजेलले बताउनुभयो । आर्थिक अभावका कारण उपचार नपाउँदा घाउमा कीरा परेपछि गत भदौ ३ गते अस्पताल भर्ना गरिएको थियो ।

जन्मजात सेरेवल पाल्सीबाट पीडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो । बोल्नसमेत नसक्ने बालकलाई निको नहुने रोग लागेका कारण सुस्त भएकाले पटक–पटक अँगेनामा परिसकेका स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here