नोबेल अस्पतालद्वारा एम्बुलेन्स प्रदान

१५ आश्विन २०७६, बुधबार मा प्रकाशित

विराटनगर,

नोबेल शिक्षण अस्पतालले मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ ।

ज्येष्ठ नागरिक हकहित समाज रतुवामाई नगरपालिका–९ इटहरालाई रु ११ लाख मूल्य बराबरको एम्बुलेन्स मङ्गलबार प्रदान गरेको हो । अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले संस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख रविन राई र अस्पतालका अध्यक्ष न्यौपानेले संयुक्तरुपमा एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभयो । प्रमुख राईले एम्बुलेन्सका कारण अब रतुवामाई क्षेत्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज हुने बताउनुभयो ।

अस्पतालका अध्यक्ष न्यौपानेले बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवामूलक हिसाबले एम्बुलेन्स सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

समयमा बिरामीको उपचार नपाई मृत्यु नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको नोबेल अस्पताल सञ्चालक डा सुनिल शर्माले बताउनुभयो । अस्पतालले यसअघि मोरङको पथरीशनिश्चरे र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here