सलमान खानलाई पछार्दै सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा परे अक्षय कुमार


१५ आश्विन २०७६, बुधबार ०८:१३ मा प्रकासित
  • 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौँ,

Advertisement

बलिउडका चर्चित अभिेनता अक्षय कुमार सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा परेका छन् ।

फोर्ब्सले विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने सय सेलिब्रेटीको नाम सार्वजनिक गरे अनुसार यो सुचिमा धेरै कमाइ गर्ने सेलिब्रेटीमा अक्षय कुमार पर्न सफल भएका हुन् ।

तर फोर्ब्सका अनुसार यस वर्ष बलिउडका सुपरस्टार सलमान खान सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीबाट बाहिरिएका छन् ।

शाहरुख खान लगातार दुई वर्षदेखि सूचीमा अटाउन सकेका छैनन् । फोर्ब्सका अनुसार सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीमा अमेरिकी गायिका टेलर स्विफ्ट पहिलो स्थानमा रहेकी छन् । उनले बिस अर्ब बिस करोड ८० लाख रूपैयाँ आम्दानी गरेकी छन् ।

त्यस्तै काइली जेनर दोस्रो र कान्ये वेस्ट तेस्रो स्थानमा पर्न सफल भएका छन् । फोर्ब्सका अनुसार त्यस्तै सर्वाधिक कमाइ गर्ने खेलाडीको पाँचौ स्थानमा मेस्सी परेका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्