शिवसताक्षी र आयोजक फाइनलमा


१५ आश्विन २०७६, बुधबार १३:२८ मा प्रकासित

अर्जुनधारा।

Advertisement

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न भएको अन्तिम सेमिफाइलन खेलमा सैनिक युथ क्लबलाई पराजित गरी शिवसताक्षी युवा क्लब फाइनलमा प्रवेश गरेको छ ।

शिवसताक्षीले सैनिकलाई २–१ गोलले पराजित गरेर फाइनलमा आयोजक सयपत्री युवा समूहसँग भेट पक्का गरेको हो । स्थानीय टेकमान रंगशालामा भएको खेलको ३७औँ मिनेटमा शिवसताक्षीका मनिष योङहाङले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फ्रिकिक प्रहारबाट रिबाउन्ड बललाई उनले गोलपोस्टमा दिशा दिएका थिए ।

एकोहोरो दबाब सिर्जना गरेको शिवसताक्षीका लागि मनिषले नै खेलको ४३औँ मिनेटमा दोस्रो गोल गरेर अग्रता दोब्बर बनाएका थिए । यसैबीच, सैनिकका लागि विनोद मेचेले ५५औँ मिनेटमा सान्त्वना गोल गरे ।

व्यक्तिगत दुई गोल गरेका शिवसताक्षीका मनिष योङहाङ खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाली कांग्रेस झापाका सभापति उद्दव थापाले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

शुक्रबार हुने फाइनल खेलमा शिवसताक्षीले आयोजक सयपत्रीसँग फाइनल खेल खेल्नेछ । विजेताले नगद ५० हजार, ट्रफी र उपविजेताले नगद ३० हजार पाउनेछ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्