नवकिरणमा शुभकामना आदानप्रदानसगै बिज्ञान प्रदर्शनी

१६ आश्विन २०७६, बिहीबार मा प्रकाशित

बुधबारे ।

नवकिरण आधारभुत विद्यालय बुद्धशान्ति ३ ले एक कार्यक्रमको आयोजना गरी दशैंको शुभकामना आदानप्रदान तथा दातृ संस्था फ्रेण्डसीप नेपाललाई स्वागत सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनार्दन खतिवडाको सभापतित्व तथा दातृ संस्था फ्रेण्डसीप नेपालका केन्द्रीय सचिब मार्कोस ग्युल्डरको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा फ्रेण्डसीप नेपालका नेपाल संयोजक बलबहादुर गुरुङ, झापा संयोजक आवाज राई, वडा सदस्य पर्शुराम चेम्जोङ, समाजसेवी खगेन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा विद्यार्थीहरुले बिज्ञान, हस्तकला तथा चित्रकला प्रर्दशनी समेत गरेका थिए । बिद्यालयका प्रधानाध्यापक राजुकुमार खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक छविन्द्र तिवारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here