बीएण्सीमा एकलाख ४२ हजारलाई ओपिडि सेवा

0
866

झापा।

झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले एक वर्षको अवधिमा एक लाख ४२ हजारलाई ओपिडि सेवा प्रदान गरेको छ ।

सञ्चालनमा आएको छोटो समयमा नै गम्भिर प्रकारका शल्यक्रियाहरुलाई सफलताका साथ सम्पन्न गरेको हस्पिटलले विभिन्न रोगको उपचारका लागि आएका बिरामीहरुलाई सेवा प्रवाह गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

बिहिबार हस्पिटलमा आयोजित बडादशैं, तिहार,छठ पर्व, नेपाल सम्मत लगायतका चार्डपर्वहरुको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक प्रसाईले हस्पिटलले सर्वसुलभ रुपमा सेवा प्रवाह गरिरहेको बताए । उनले भने– हाम्रो हस्पिटलले असहाय,ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायतलाई सस्तो दरमा उपचार गरिरहेका छौं । तर, केही ब्यक्तिले सिमित स्वार्थ पुरा नहुदाँ हाम्रो विरुद्ध भ्रम छर्ने गरेका छन् ।

उनले दशैंको समयमा समेत सबै सेवाहरु सुचारु हुने बताए । अस्पताल आफू अनुकुल खोल्ने नभएर हरक्षण खोल्नुपर्ने भन्दैं दशैंको समयमा समेत बीएण्डसी हस्पिटल २४ सैं घण्टा सुचारु रहने जानकारी दिए ।

यसैबीच बीएण्डसी हस्पिटलसंगै सञ्चालनमा आउने तयारीमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा धमाधम उपकरण जडानको कामइरहेको कार्यकारी निर्देशक प्रसाईले बताए । पूर्वमा क्यान्सर अपताल नरहेको र स्वयम आफूपनि क्यान्सर पिडित भएको भन्दै कार्यकारी निर्देशक प्रसाईले विश्वस्तरीय उपकरण सहितको सेवा झापामा प्रवाह गर्न लागेको उल्लेख गरे ।

कार्यक्रममा हस्पिटलले गरेका हरेक समारात्मक कामहरुमा साथ दिन अध्यक्ष इन्दिरा गिरीले आग्रह गरिन् । उनले झापाली पत्रकारहरुले हस्पिटललाई सकारात्मक सहयोग गरिरहेको उल्लेख गरिन् । पत्रकारको तर्फबाट बोल्दै अग्रज पत्रकार महोन काजीले बीएण्डसी हस्पिटल झापामा सञ्चालन गरेर झापाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै प्रशंसा गरे ।

झापासहित इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ, सुनसरी, धनकुटा लगायतका स्थानबाट दैनिक सयौं बिरामीहरु उपचारका लागि आउने गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here