बिर्तामोड,
झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडी घरभएका ३२ वर्षीय काजी दास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 
बिर्तामोड नगरपालिका– १ मा रहेको स्टिलफ्याक्ट्रीका कामदारका रुपमा कार्यरत उनलाई आज दिउसो करेन्ट लागेको थियो । करेन्टलागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पतालमालगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरीनायव उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । उता करेन्ट लगाएर माछा मार्ने क्रममा दमक नगरपालिका –५ निवासी ४०वर्षीय चिन्टु माझीको मृत्यु भएको छ । प्रहरीका अनुसार गत मंगलवार राति घर नजिकैखाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए । लडेर गम्भीर घाइते भएका माझीलाई उपचारकालागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिएपनि उनको उपचारको क्रममा वुधवार राति निधनभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलेजानकारी दिनुभयो । –––































