बिर्तामोड,
हल्दिबारी गाउँपालिकाले फौजी किरा रोकथामका लागि निःशुल्क औषधिको व्यवस्था गरेको छ ।

हल्दिवारी गाउँपालिका भित्र लगाईएको धानवालीमा फौजी किराको संक्रमण देखिएकाले यसको रोकथामका लागि निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । किसानले लगाएको धान वालीमा फौजी किराको संक्रमण देखिएपछि सम्वन्धित वडा अध्यक्षहरुसंग समन्वय गर्दै गाउँपालिकाको कृषि विकास शाखाबाट निःशुल्क औषधि प्राप्त गरी धान वालीको उपचारमा तत्काल जुट्न हल्दिवारी गाउँपालिकाका सम्पूर्ण कृषकलाई अनुरोध गरिएको उपाध्यक्ष डम्वर गिरीले जानकारी दिए । जसका लागि आवश्यक समन्वय गर्नु परे कृषि विकास शाखाको सम्पर्क नम्वर ९८४२७५१५०३ मा सम्पर्क गर्न समेत आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।





























