चम्पापुरका खड्काले पाए स्कुटर सित्तैमा

0
844

बिर्तामोड।

झापा कनकाई–६ चम्पापुरका भोलानाथ खड्काले टीभीएसको एन्ट्रोक स्कुटर सित्तैमा प्राप्त गरेका छन् ।

टीभीएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथीभरा अटो लिंक (टीभीएस सोरुम) को मातहतमा रहेको कनकाई–३ स्थित श्री अटो लिंकबाट दुई लाख २९ हजार नौ सय रुपैयाँमा स्कुटर खरिद गरेका खड्काले स्कुटर खरिदपछि गरिएको लक्की–ड्रमा शतप्रतिशत क्यास ब्याक प्राप्त गरेका हुन् ।

टीभीएसले दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै दशैंको दौड अफर ल्याएको र यस अफर अन्तर्गत बाइक वा स्कुटर किन्नुभन्दा पहिले घरैबाट टीभीएस नेपालको वेबसाइटमा लगइन गरी स्क्र्याच कार्ड मार्फत एक लाख रुपैयाँसम्म जित्न सकिने छ भने किन्न गइसकेपछि किन्ने बित्तिकै शत्प्रतिशत क्यास ब्याकको अफर प्राप्त गरिने भएको कम्पनीले जनाएको छ ।

उक्त अफर अन्तर्गत चम्पापुरका खड्काले स्कुटर खरिद गर्नुअघि नै अनलाइन स्क्र्याच कार्ड मार्फत् छ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए भने स्कुटर खरिद गरिसकेपछि लक्की ड्रमा शतप्रतिशत क्यास ब्याक पाएको श्री अटो लिंक कनकाई–३ का म्यानेजर त्रिभुवन मैनालीले बताए ।

टीभीएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथीभरा अटो लिंक (टीभीएस सोरुम)मा आयोजित कार्यक्रममा पाथीभरा अटो लिंक (टीभीएस सोरुमका सञ्चालक याम कार्की, विपीन बस्नेत र श्री अटो लिंकका म्यानेजर त्रिभुवन मैनालीले खड्कालाई स्कुटरको चावी र स्कुटर हस्तान्तरण गरेका थिए । स्कुटर सित्तैमा पाइएकोमा असाध्यै खुसी लागेको खड्काले बताए ।

गत भदौ ६ गतेदेखि लागू भएको यो अफर छठ पर्वसम्म रहने पाथीभरा अटो लिंकका सञ्चालक सजेश शिवाकोटीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here