करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

१७ आश्विन २०७६, शुक्रबार मा प्रकाशित

विर्तामोड ।

झापाको कमल गाउँपालिका–३ केरखा बस्ने ६१ बर्षीय बिष्णुप्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको छ । उनकी श्रीमती ६१ बर्षीय पम्फादेवी चौलागाई घाईते भएकी छन् ।

बिहान पौने ८ बजेतिर आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्णु प्रसादलाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनकी श्रीमती पम्फादेवीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here