समाजको दृष्टिकोणमा जहिले पनि सकरात्मक काम गर्नुपर्छ–सिटौला


१७ आश्विन २०७६, शुक्रबार १२:१८ मा प्रकासित
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

मेचीनगर ।

Advertisement

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चाडपर्वले धार्मिक, सामाजिक, साँस्कृतिक एव्म व्यक्तिगतसहित धेरै कुराको अर्थ लगाउने बताउनुभएको छ ।

शुक्रबार झापाको मेचीनगरमा पार्टीको भातृ संगठन नेपाल तरुण दल जिल्ला समिति झापाले विजय दशमी, शुभ दिपावली छठलगायत अन्य चाडपर्वका अवसरमा आयोजना गरेका शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दैं पूर्व गृहमन्त्री समेत रहनु भएका सिटौलाले मानिसको व्यवहार गलत भए मानिसले जतिसुकै असल चरित्र देखाए पनि उसलाई समाजले हेर्ने दृष्टिकोण जहिले पनि सकरात्मक नहुने दावी गर्नुभयो ।

हरेक व्यक्तिले असल काम गर्दै व्यवहार चाँहि गलत गदैं जाने संस्कारले राजनीतिक संस्कार पनि गलत हुने भएकाले सवैले त्यसतर्फ ख्याल गर्नुपर्ने उहाँको भनाई थियो । राम र रावण दुवै राजाकै छोरा भएको प्रसंग उल्लेख गर्दै नेता सिटौलाले रावणले नारी, धन, दौलत, काम वासनाआदिलाई नियन्त्रण गर्न नसक्दा त्यसैल उनको चरित्रका कारण रावण र रामले ती सबै कुरा त्याग गर्न सकेकै कारण आज रामको अवतार लिन सककोे र सवैको पुज्नीय बनेको नेता सिटौलाले धारणा राख्नुभयो ।

गरीव शोषित पिडित मानवहरुको उद्घार गर्नु नै ठूलो धर्म भएको भन्र्दै उहाँले असल कार्य नै राम कार्य भएको बताउनुभयो । सवैभन्दा पहिला आफूबाटै परिवर्तन जरुरी रहेको प्रसंग उल्लेख गर्दै नेता सिटौलाले हरेकले नकरात्मक सोचलाई मनबाटै निकालेर फ्याक्न र सधैभरि सकरात्मक सोचका साथ अघि बढ्न सवैमा आग्रह गर्नुभयो ।

हरेकले आफ्नो बानी व्यवहार सुधार्न आवश्यक रहेको भन्दैं उहाँले केपी ओली, शेरबहादुर देउवालगायतका धेरै नेता कार्यकर्ताको बानी परिवर्तन गर्न आवश्यकता औल्याउदैं सवैलाई नकरात्मक विचार परिवर्तन आग्रह गर्नुभयो । समाजवाद नारा मात्र नभएर गरीव, शोषित, पिडित जनताले न्याय पाउने अधिकार पनि भएको नेता सिटौको तर्क छ ।

कार्यक्रमका विशिष्ट अतिथि तरुणका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले अहिलेको नेकपाको सरकार काण्डैकाण्डमा फसेका कारण यो सरकारको आयु खासै लामो नभएको दावी गर्नुभयो । अहिले सरकार िजग्गा, निर्मला पन्त हत्या, सभामुख, भ्रष्टचारलगायतका काण्डमा सरकार फसेका कारण कानुनी राजयको उपहास भइरहेको उहाँको तर्क थियो । नेपाली काँग्रेसभित्र गुट उपगुट नभएको दावी गर्दै अध्यक्ष बसनेतले अनुशासन नभएका नेता कार्यकर्तालाई पार्टी कारवाही गर्न कुरामा कसैले पनि चित्त नदुखाउन आग्रह गर्नुभयो ।

अहिले तरुण दल भित्र देखिएको विवादका विषयमा उहाँले क्षमा समेत माग्दैं अबको ६ महिनाभित्र तरुण दलको केन्द्रीय महाधिवेशन हुने र आफ्नो कारणले संगठनको बदनाम हुने वा पार्टीभित्र आच आउने कामको प्रमाण पुगे वा पार्टी र संगठन विग्रिए आफ्नो तीसवर्षे राजनीति जीवनबाट सन्यास लिने घोषणा समेत गर्नुभयो ।

तरुण दल जिल्ला अध्यक्ष गोपाल तामाङले कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । पार्टीका झापा उपसभापति राम कट्टेलले नेकपाका सरकारबाट नेपाल जनता वाक्कदिक्क भएका कारण दिनानुदिन ओली नेतृत्वको सरकार नेपाली जनता समक्ष अलोकप्रिय बन्दैं गएको दावी गर्नुभयो ।

अब नेपालबाट कम्युनिष्ट पार्टी पतन भएर जाने ठोकुवा गदैं उपसभापति कट्टेलले राजावादी र गणतन्त्रविरोधीहरुलाई भोट हाल्न लगाएका कारण पनि नेपालबाट कम्युनिष्ट पार्टी पतनको दिनगन्ती शुरु भएको उहाँको ठोकुवा थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्