पुरुषजति पूँजीवादी र महिलाजति समाजवादी–कार्की


१७ आश्विन २०७६, शुक्रबार १२:२४ मा प्रकासित
  • 10
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

मेचीनगर ।

Advertisement

संघीय सांसद सुरेन्द्रकुमार कार्कीले पुरुषजति पूँजीवादी र महिलाजति समाजवादी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा १ नम्बर क्षेत्र समन्वय समिति झापाले शुक्रबार धुलावारीमा आयोजना गरेको कार्यक्रममा बोल्दैं पार्टीका विदेश विभाग उपप्रमुख समेत रहनु भएका नेता कार्कीले पूरुष जहिले पनि हिंस्रक मात्र हुने र महिला समाजवादी खालको सवैसँग मिलेर बस्ने सिर्जनामुलक काममा लाग्ने विचार राख्नुभयो ।

पूरुषजतिलाई ओडारबाट मान्छे बनाएर पृथ्वीमा निकाल्न महिलाको ठूलो देन रहेको चर्चा गर्दै उहाँले भाले भाले भए ठाउँमा जहिले पनि द्वन्द हुने र पोथी पोथीहरु मिलेर समाज बनाउने काम हुने उहाँको तर्क थियो ।

हरेक हाम चाडपर्वहरु महिलाहरुलाई सम्मान गर्ने भएकाले दशैलाई बाली भित्रियाउने चाडका रुपमा लिन उहाँले सवैलाई आग्रह गर्नुभयो । धर्मका खोज, विश्वास तथा अनुष्ठान तीनवटा मुख्य आयाम हुने चर्चा गर्दै सांसद कार्कीले अहिले विश्वास र अनुष्ठानका भरमा मात्र धर्म चलेको बताउनुभयो । खोज हराएको उहाँको भनाई थियो ।

संविधान सभा सदस्य एवम् नेकपा झापा जिल्ला इञ्चार्ज रविन कोइरालाले हिजो कोहि माओवादीका कार्यकर्ता त कोहि नेकपा एमालेका भए पनि आज सवै नेकपाको कार्यकर्ता भएको भनाई राख्नुभयो । लामो समयसम्म पार्टी एकीकरण प्रक्रिया लम्विएका कारण धेरै नेता कार्यकर्तामा निराश छाएको भन्दैं नेता कोइरालाले अब नेकपाका कोहि पनि नेता कार्यकर्ताहरुले निराश हुनुनपर्ने बताउनुभयो ।

अहिले नेकपा नेतृत्वको सरकार असफल बनाउन धेरै चलखेल शुरु भएको भन्दैं उहाँले हरेक नेता कार्यकर्ताहरुले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, सांसदहरु हुन वा प्रदेश सरकार अनि स्थानीय तहमा पार्टीकातर्फबाट निर्वाचित पदाधिकारीहरु सवै पार्टीको नीति निर्देशनमा चल्नुपर्ने र एक आपसमा समधुर सम्बन्ध हुनुपर्नेमा उहाँको जोड थियो ।

१ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, १ नम्बर पार्टीका प्रदेश कमिटि सदस्य विष्णु प्रसाई, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, राजु कार्कीलगायतले बोल्नुभएको थियो । प्रदेश क्षेत्र समन्वय समितिका संयोजक बन्धनकुमार मुण्डाले स्वागत गरेको कार्यक्रमको सञ्चालन १ नम्बर क्षेत्र समन्वय समिति झापाका सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्