गढीमाई मेलाका लागि सक्दो सहयोग गर्छु :नेत्री देउवा


१७ आश्विन २०७६, शुक्रबार १२:४६ मा प्रकासित

कलैया,

Advertisement

नेपाली काङ्ग्रेसकी नेत्री डा आरजु राणा देउवाले काङ्ग्रेस सरकारमा नरहे पनि आफ्नो स्तरबाट गढीमाई मेलालाई सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

पञ्च वर्षीय गढीमाईको मूल समितिको कार्यालयको उद्घाटन कार्यक्रममा सांसद राणाले मेलालाई व्यवस्थित गर्नका लागि सहमति, सहकार्य एवं एकताको खाँचो रहेको बताउनुभयो । “सबैजना मिलेर मेलालाई व्यवस्थित गर्नुपर्छ”, उहाँले भन्नुभयो । गढीमाईलाई विकास कोषको रुपमा अगाडि ल्याउनुपर्ने सांसद राणाको भनाइ थियो ।

नेपाल र भारतबाट मेला भर्न आउने भतmजनको सुविधका लागि ध्यान उहाँले समितिका पदाधिकारीसँग आग्रह गर्नुभयो ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन सो कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया, महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानु, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्र नं २ का सभापति रामप्रवेश यादवलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले मेलामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्