सीमावर्ती जिल्लामा बालबालिका बेचबिखन बढी

१८ आश्विन २०७६, शनिबार मा प्रकाशित

काठमाडौँ, 

भारतीय सीमासँग जोडिएका जिल्लाबाट सबैभन्दा बढी बालबालिका बेचबिखन तथा ओसारपसार भएको पाइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार खासगरी बाँके, सर्लाही, कञ्चनपुर, सप्तरी, सिराहा, सुनसरी, नवलपरासी, दोलखा, चितवन, सुर्खेत, दाङ, बैतडी लगायतका जिल्लामा बालबालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्ने गरेको पाइएको छ ।

परिषद्ले आर्थिक वर्ष २०७५÷७६ मा बाल विवाहसम्बन्धी विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषण भएका सामग्री अध्ययन प्रतिवेदन हेर्दा सो अवधिमा विभिन्न ९६ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् । यस अवधिमा सबैभन्दा बढी तेस्रो चौमासिकमा ७७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् भने पहिलो चौमासिकमा १७ रहेका छन् । सोमा ५९ बालक र ३७ बालिका छन् ।

त्यस्ता घटनाबाट प्रभावित बालबालिकामध्ये ७३ प्रतिशत अर्थात् ७० बालबालिका अवैधरुपमा एक जिल्लाबाट अर्को जिल्ला लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेका घटना प्रकाशनमा आएका परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो ।

सत्र बालबालिकालाई भारतमा कामदार तथा अन्य प्रयोजनका लागि लगेको र नौलाई भारततर्फ लागुऔषध ओसारपसार गर्न लगिएको देखिन्छ । प्रतिवेदनअनुसार यस अवधिमा २७ बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २१ बालिका र छ बालक छन् । उमेरगत रुपमा हेर्दा १० देखि १८ वर्ष उमेरका बालबालिका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here