बालापनको दशैं

१८ आश्विन २०७६, शनिबार मा प्रकाशित

दिपेन्द्र राउत,

दशैँको लुगा आज किन्ने है भनेर घरमा बुबाले भन्दा खुसीको सीमा रहँदैन थियो । स्कूल छुट्टी भएर कपडा पसलमा बुबालाई भेटेर दशँैको लुगा किन्न जाँदा साथीभाइको लर्को हुन्थ्यो । सेतो सर्ट र निलो पेन्ट स्कूलको ड्रेस नै दशैँको लागि लुगा किनी दिँदा पनि खुसी हुने त्यो बेला कुनै–कुनै दशैँमा चाहिँ स्कूलको ड्रेस नभएर अन्य कपडा किनी दिनुपर्छ भनेर घरमा ममी बुबासँग झगडा गरेर भए पनि अन्य कपडा किनेदेखि टेलर्समा सिलाउन दिँदा हरेक दिनजसो टेलर्स मै लगेर साथीहरुलाई आफ्नो दशँैको लुगा देखाउँदा टेलर्स माष्टर नै रिसाउथ्यो ।

तर, हामी रमाउँथ्यौँ त्यो बालापनको खुसी फेरि कहाँ आउँछ फर्किएर । लुगा फाट्थ्यो अनि मात्र नयाँ कपडा किन्ने हाम्रो प्रचलन थियो । खै त्यति खेर इच्छा पनि थिएन कि ऊ घरको आर्थिक समस्या थियो कि ऊ फेसनको बारेमा जानकार थिएन कि ऊ खै के थियो या थिएन । तर, पनि खुसी हुने त्यो बेला । हरेक बाबुआमालाई आफ्ना छोरा–छोरीलाई राम्रो लगाउन राम्रो खुवाउने नै इच्छा होला । तर, सबैको इच्छा नपुग्ला किनकि सबैसँग चाहेको इच्छा पूरा गर्न क्षमता नहुन सक्छ । दशैँ शब्द आफँैमा राम्रो लाग्छ । दशैँले परिवारलाई जोडेको छ ।

आफूभन्दा ठूलाबाट आर्शिवाद थाप्ने सानालाई आर्शिवाद दिने सुख–दुःख जे भए पनि परिवार एक हुने, वर्षभरि जो जहाँ भए पनि दशँैको अवसरमा परिवारमा भेला हुने हाम्रो परम्परा वास्तवमा संस्कार र संस्कृति र भाइचाराको पर्वको रुपमा स्थापित हो । अभिभावकत्व निभाउनुपर्ने, मिठो मसिनो सवै परिवार भेला भएर खानुपर्ने । व्यापार व्यवसाय, नोकरी, जागिर, विदेशबाट पनि छुट्टी मिलाएर घरमा आउनु तनाव या व्यस्तता छोडेर परिवार माझमा रमाउनु दशँैको महत्वपूर्ण समय मान्नुपर्छ ।

सबैलाई नेपालीहरुको महान पर्व दशैँ कसरी मनाउने, नयाँ लुगा केटाकेटीलाई कहाँ किनिदिने, खसी कत्रो किन्ने, केराको घरी कहाँ किन्ने, घुम्न जाने की, ससुराली, मावल, माइत जाने चटारो हुन्छ । कति जना कति वर्षमा घरमा बुवा–आमा, ससुरालीमा टिका लगाउन हतारिँदै हुनुहुन्छ होला । कतिको पहिलो पटक ससुरालिमा टिका लगाउन जानु पर्ने होला, कति जनाको पहिलो दशँै होला त कति जनाको मरिमराउ परेर टिका लगाउन नपाउने होला । कतिलाई रमाईलो दशैँ, खल्लो दशैँ होला तथापि वडा दशैँ बडा उमँग भएर रहन्छ ।

हुने खानेको लागि त दशँै रमाइलो नै होला । तर, यही दशैँ हँुदा खानेको लागि अभिशाप पनि हुन सक्ने यर्थाथ हाम्रो समाजमा छ । आफ्ना नाता कुटुम्ब ठूला–बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ–नयाँ कपडाहरु लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने ख्वाउने घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । सबैलाई आफ्नो घरको दशँै कसरी राम्रो र रमाइलो बनाउने भन्ने चिन्ता छ भने कसैलाई यो दशँै दशा भएर घरमा भित्रिनाले कहिल्यै नआओस् भन्ने लाग्छ । तर, हरेक वर्ष दशैँ आई हाल्छ । सबैको घरमा आउँछ दशँै । हुनेहरुका निम्ति मात्र होइन नहुनेको पहँुचमा पनि सहज र सरल तरिकाले दशैँ आओस् । ऋण बोकेरभन्दा पनि दशँैलाई आफ्नो क्षमता अनुरुप ग्रहण गर्दै यो नेपालीको संस्कृति र संस्कारको विकास गर्दै दशैँको महत्वलाई उच्च राख्नुपर्छ ।

बालापनमा दशँै मनाउँदाको क्षण अत्यन्तै रमाईलो यो आज सबैको मानस पटलमा रहेको छ । अनि गितले भने झँै ‘कहाँ आउँछ फर्किएर बालापनको उमेर बालापनको उमेर…’ वडा दशैँवडा उमँगले मनाआंै आफ्नो लागि, परिवारको लागि, आफन्तको लागि, साथीभाइको लागि त सवैले मनाइन्छ । तर, जसको कोही छैन उ जसलाई एकसरो आङ ढाक्न गाह्रो छ, एकछाक टार्न गाह्रो छ । त्यस्ताका लागि पनि आफ्नो भागबाट केही अंश कटाएर खुसी बाढांै । भनिन्छ– खुसी बाड्यो भने बढ्छ, दुःख बाड्यो भने घट्छ । दुर्गा भवानीको कृपाले सबैले हर्ष, उमँगले दशैँ मनाउन पाउन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here