दशैं आयो, दशैं आयो

0
750

दशैं आयो, दशैं आयो, यो मन फुरुक्क बनायो
पीर, व्यथा मनको जो थियो, सबै नै भगायो
दुर्गाको पूजा पाठ गरिने भयो, दशैं आयो….।

दुर्गा सप्तशती पाठ चण्डी, पढी नाना नैवेध चढाइने भयो
देवीको प्रसाद टिका जमरा, दशैंमा लगाइने भयो
मेवा, मिष्ठान्न खाइने भयो, दशैं आयो ….।

खाना नानाका सामान, बटुल्न मनले अह्रायो
खाना नाना जुटाउन, मानिस सबै लागीपर्यो
खोजी मेलि राम्रै लगायो, दशैं आयो….।

आँगन घर पारी सुघ्घर, चोठा–कोठा, पेटी बलेंसी
गाई, गोठ, पूधेरा, फूलबारी, चिटिक्क पारी बेसरी
यसै गर्न मनले अरायो, दशैं आयो ….

गाउँ, घरबस्ती पहाडमा, ढिकी जाँतो बज्न थाले हेर
रातो, माटो, कमेरो पोतेर, झिली मिली चिटिक्क पारे घर
लाला बाला खुबै रमाए, दशैं आयो….।

लिङ्गे पिङ, रोटे पिङ, अनि चाकाचुुली
हेर बनाए सबैजना, भेला भइ मिलीजुली
काम कुरा सबै फाँट लाए, दशैं आयो….।

खाई, पिई, नाची, खेली भेला भइ माइती चेली
खाउँ बनाइ मिष्ठान्न, खीर, सेल, पुरी
खानैलाई त छ आतुरी, दशैं आयो…

नगरी मद्यपान भइ सज्जन, मनाऔं रमाइलो दशैं
ऋणपान गरेर खाइकन, हिँड्न नपरोस् बसाई
मनाऔं दशैं संयमले, दशैं आयो….।

– लक्ष्मीप्रसाद सुब्बा
रोङ गाउँपालिका–२, इलाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here