आयो दशैँ २०७६ को
जताततै छ उमँग र हर्ष
आकाश खुला छैन कतै
सबतिर झरी, बादल, बर्षा
तर, पनि मान्नै पर्ने सबले
हामी सबको यो परम्परा
आफ्नो औकात कति छ बुझौं
नदेखाऔँ कसैले आडम्बर
गच्छे अनुसार खर्च गरौं
नपारौँ आमाबुबालाई ऋणमा
चाडपर्वले आपसमा सद्भाव बढोस्
अब आउने दिनमा
सद्बुद्धि आओस् ठूला जनमा
समृद्धि छाओस् नेपाली सबमा
शान्तिदीप बलोस् सधैं
आम नेपालीको घर–घरमा ।
पूरा हुन् सोचे सम्झेका
सबका इच्छा चाहना
बडादशै र दिपावलीको
सबैमा छ मेरो शुभकामना ।
– विष्णु निरौला आचार्य
इलाम



























