दशैँमा हाम्रो घरमा १८ वटा कुखुरा काटिन्थे

१८ आश्विन २०७६, शनिबार मा प्रकाशित

भूवन तामाङ,

यसपालिको दशैँ पनि भ्mयाप्पै आइसक्यो । तराई, पहाड, गाउँ, शहरबजार सबैतिर दशैँको रौनक छाएको छ । हाटबजारतिर किनमेल गर्नेहरुको घुइँचो लागेको छ । काठमाडौं र अन्य ठाउँमा जागिर र अध्ययन गर्नेहरु चाड मनाउन आ–आप्mना घर फर्किएकाले गाउँघर र हाटबजारमा बाक्लो चहलपहल बढेको छ । मेला लागेका ठाउँमा पनि किनमेल र विभिन्न खेल खेल्नेहरुको घुइँचो देखिन्छ । ठाउँ–ठाउँमा लिङ्गेपिङ्गमा कतिपय चचहुई गर्दैछन् । वातावरण रमाईलो र उमँगले भरिएको छ ।

नेपालीहरुले दशैँमा चिचिमाम (मांशाहारीहरुले) प्रमुख खानाको रुपमा खान्छन् । यसका लागि कैयन खसीबोका, राँगा र हाँस, कुखुराहरु काटिन्छन् । चलन अनुसार दशैँमा बली, भोग खाने देवदेवताहरुका मन्दिर र थानहरुमा पशु–पंक्षीको बली दिइन्छ । धेरै संख्यामा बोका, पाडा, हाँस, कुखुराहरु बली स्वरुप काटिन्छन् । नेपालीहरुले आ–आप्mनो घरमा पनि विभिन्न देवदेवताको थानथपना थापेर पनि पशु–पंक्षीको बली दिने चलन छ । एउटै घरमा एकभन्दा बढी पशु, पंक्षी काटिन्छन् । जातजाति अनुसार, पेशा र भौगोलिक अबस्थितिका आधारमा चलन अनुसार बली दिइने पशु, पंक्षीहरुको संख्या धेरै या थोरै हुन्छन् ।

जंगल, खोला नदीको आसपास र गाउँघरका बासिन्दाहरुले धेरै देवदेवता मान्दछन् । जस्तैः भिमसेने, सगुने, आठाने, जंगली, खोलाको देउता, आइतबारे, महारानी, बुढीबजु, सिमेभूमे आदि । कतिपय देवदेवता कृषि, खेतीपाती र अन्नबालीसँग सम्बन्धित हुन्छन् । कतिपय देवदेवता पशु, पंक्षीसँगै सम्बन्धित हुन्छन् । कतिपय दुःख बिमार र निरोगिता, सुख र समृद्धि, सहकाल र सुब्बेफाब्बे आदिसँग सम्बन्धित हुन्छन् । कतिपय कुलपितृसँग सम्बन्धित हुन्छन् । शहरबजारमा बस्नेहरुले पनि केही न केही देवदेवता मानेर दशैँमा पशु–पंक्षी बली दिएका पाइन्छन् । भन्नुको तात्पर्य दशैँमा धेरैधेरै पशु–पंक्षी काटिने गर्दछन् ।

हाम्रो (पंक्तिकारको) मूलघर पनि गाउँमै भएको र कृषि, खेतीपाती र पशुपालनका आधारमा जीवनयापन गर्नुपर्ने भएकाले देवदेवता मान्ने नाममा हामीकहाँ पनि दशैँमा पशु नकाटिए पनि धेरै कुखुराहरु काटिन्थे । घटस्थापनापछिको षष्ठीको २ बजे राति नै उठेर विभिन्न देवदेवताका थानथपना बनाई धामीद्वारा पूजाआजा गराई कुखुराहरु बली दिइन्थ्यो । हाम्रा आपा (बाबु) दत्तचित्त भएर पूजाआजा सम्पन्न गराउँदथे । हजुरआमा र आमा पनि राती उठेर आपा र धामीलाई सघाउपघाउ गर्दथे । म जेठो छोरा भएकाले बिधि, मुन्धुम सिक्नुपर्छ भनेर मलाई पनि पूजाआजामा सामेल गराउँथे आपाले । भीमसेने, सगुने, आठाने, जंगली, बुढीबजु, महारानी, आईतबारे अरु के–के हो के–के देवदेवताका लागि भनेर अठारवटासम्म कुखुराहरुको बली दिइन्थ्यो हाम्रा घरमा दशैँमा । कतिपय देवदेवताको लागि भालेपोथीको जोडी नै भोग दिनुपथ्र्यो । आगनको डिलमा थानथपना बनाएर बली दिइएका कुखुराका रगतले आगन लथपथ हुन्थ्यो तर रमाईलो पनि उत्पातै लाग्दथ्यो ।

बिहान हुँदासम्ममा सबै कुखुराहरु तातोपानीले खुइल्याइवरी कतिपय कुखुरा परपाहुनासहित त्यस बिहानको छाक भातसँग पकाएर खान टुत्र्mयाइन्थे । र, कतिपय दशैँभर खानका लागि र दशैँको टीका थाप्न आउने पाहुनालाई मासुभातले सत्कार गर्न समेत आगोमा सेकाएर ओभानो पारेर अगेना माथि भारमा झुण्ड्याएर राखिन्थे । त्यसरी बली दिने अठारवटा कुखुराहरु घरमै पालेर हुर्काउनु बढाउनु पर्दथ्यो । यदि स्याल, भ्याउसाले खाए भने अर्को नयाँ कुखुरा पालिन्थ्यो । सकभर भाले चाहिँ आप्mनै घरम पालेको हुनुपथ्र्यो । देवदेवताका लागि छुट्याई पालेका कुखुराहरु बेच्न हुँदैन भन्ने मान्यता थियो ।
दशैँमा त्यसरी कुखुराको मासुभात खान पाउनु साह्रै रमाइलो कुरा थियो । तर, हामी तीन दाजुभाइ र तीन दिदीबहिनीहरु (सन्तान) पढिगुनी शिक्षित हुँदै गएपछि पशु,–पंक्षीको मारेर हिंसा गर्नुहुन्न भन्ने चेनता पलाउन थाल्यो । म जेठो छोराले यसबारे आपासँग कुरा पनि गरेँ । अब यसरी पशु–पंक्षी हिंसा नगरुँ, पाप लाग्छ भनेर । पहिलो पल्ट प्र्रस्ताव राख्दा त आपाको हातको गतिलो गरी कुटाई खाएँ । चलि आएको चलन आपाले चट्टै छाड्न सक्ने कुरो पनि थिएन । लोकलाजको कुरा थियो । क्रमशः प्रयास गर्दा अत्यावश्यक देवदेवतालाई मात्र बलि दिन थालियो । त्यसो गर्दा दशैँमा कुखुरा काटिने चलन आधा नै घट्यो । आपामाथि दवाव बढाउँदै लगियो । अर्र्को वर्षदेखि त एउटा कुखुरा पनि काटिएनन् । दशैँ खल्लो भैmँ पो भयो तर बानी पर्दै गइयो ।

लाग्न त हामीलाई सुब्बेफाब्बे हुँदैन कि भन्ने लागेको थियो । आफन्तहरुले पनि त्यसै भन्थे । हाम्रो घरमा पशु–पंक्षी हिंसा नगर्न अभियान चलाउने नाइके म निक्कै साह्रो गरी बिरामी पनि परेँ । तर, काठमाडौं डिल्लीबजारको नरेन्द्र क्लिनिकको आयुर्वेदिक औषधिले च्वाट्टै निको भएँ । मलाई भित्री जंडिस भएको रहेछ, हत्तपत्त थाहा नलाग्ने । दशैँमा देवदेवतालाई पंक्षी बलि नदिएकाले देवदेवता रिसाएर होइन रहेछ । आजभोलि सगुने देउताका लागिमात्र कुखुराको एउटा अण्डाले धामीले बक्साईवरी खुशी पारिदिने गरेका छन् । यसरी हाम्रो घरपरिवारमा दशैँमा पशु–पंक्षी बली दिने चलन उन्मुलन भएको थियो ।

ख्याप्पासुङ्ग (कुल देवता)का लागि पनि तोर्मा (धानको चामलको भातलाई घ्यूसँग मोलेर बनाईने सोली आकारको प्रसाद) सँगै कुललाई चढाइने भाले वर्ष दिनअघिदेखि नै पालेर राखिन्थ्यो । ख्याप्पासुङ्गको लागि पालेको भाले जति नै दाम दिए पनि पटक्कै बेच्न मिल्दैन भन्ने विश्वास थियो र बेचिँदैन पनि थियो । अब त त्यो एउटै भाले पनि बली÷भोग दिन छाडियो । आपाको शेषपछि जेठो भएको नाताले मैले नै कुल पूजा गर्ने गरेकाले सिम्बोलिक रुपमा एउटा अण्डसम्म चाहिँ चढाउने गरेको छु ।

बली प्रथा कतिपय समुदायले आजीविका र जीवनशैलीका कारण अपनाए होलान् । कपतियले बाध्यताबस । कतिपयले चलिआएको चलन अनुकरणवश । कतिपयले इज्जत र मानका लागि । कतिपयले समाजका अरु जस्तै समान बन्नका लागि बलीप्रथा अपनाए होलान् । दशैँमा देवदेवताका लागि पशु–पंक्षी बली दिने चलन कसरी चल्यो ? त्यसको अर्कै बृहत पाटो हुनसक्छ । लेखेमा ठूलै किताब बन्न सक्छ । ठूलै खोज अनुसन्धानको विषय हुनसक्छ ।

आजभोलिको हाम्रो घरको दशैँ र पहिलाको दशैँमा आकाश जमिनको फरक भएको छ । अहिंसात्मक दशैँ, निश्चय पनि केही हदसम्म शिक्षा र जीवनपद्धति परिवर्तनले सम्भव भयो होला भन्न सकिन्छ । पहिला–पहिला पूर्णतया कृषि, खेतीपाती र पशुपालन प्रणालीमा परिवार निर्भर थियो । त्यसो हुनाले चलिआएको विश्वास अनुसार पशु–पंंक्षी बली या भोग दिनु पर्दथ्यो । आजभोलि परिवार धान्न अन्य पेशा इलम नअपनाई धरै छैन । त्यसैले ती चलन छाड्दै जान बाध्य पनि भइयो भन्न सकिन्छ । तर, हाम्रो परिवार यो विश्वासमा पुगेको छ कि दशैँमा देवदेवताहरु बली या भोग दिएर मात्र खुशी हुने होइनन् । केवल पूmल र धुँपधुँवार, फलपूmल चढाएर, यति पनि गर्न नसकिए स्वच्छ मनले सम्मान जनाए देवदेवता र कुल खुशी हुने रहेछन् । गति र मति नछाडि, सत्मार्गमा हिँडे, कर्तव्यमा बसे, मेहनत गरे, देवदेवता र कुल खुशी भएर आशिर्वाद दिने रहेछन् भन्ने विश्वासमा पुगेका छौँ ।

वर्षदिनमा आउने बडा दशैँमा अठार वटासम्म कुखुरा काटेर बलिदिने, रगतको खोलो बगाउने ठाउँमा आजभोलि दुईवटा अण्डामात्र हिंसा गर्दछौँ । अनि भएनौं त हामी असली अहिंसावादी ? लु भनौ त !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here