बिर्तामोड,
सहारा नेपाल सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीले २ सय ३० भन्दा बढी महिलाहरुलाई लत्ता कपडा बितरण गरेका छन् । 
बिजया दशमीको अवसर पारेर बिपन्न समुदायका सहारामा आवद्धहरुलाई एक सेट लुगा (साडी, चोलो,पेटिकोट, र बर्की) कर्मचारीले नै प्रदान गरेका हुन् । उनीहरुलाई लत्ता कपडासहित दशैंका लागि नगद ५ सय रुपैयाँको खुद्रा पैसा समेत प्रदान गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपबिभागीय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

प्रत्येक बर्ष सहारा नेपालमा कार्यरत कर्मचारीहरुले आफ्नो तलबको एक दिनको तलब बराबारको रकम जम्मा गरी सामाजिक काममा सहयोग पुर्याउदै आईरहका छन् । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्षपनि कर्मचारीको तर्फबाट विपन्न परिवारलाई दशैं मनाउन सहयोग उपलब्ध गराइएको सहारा नेपाल सहकारीमा कार्यरत कर्मचारी सुशीला वोहोराले जानकारी दिए ।
































