प्रधानमन्त्री ओली झापामा

२० आश्विन २०७६, सोमबार मा प्रकाशित

झापा,

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ ।

आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन भद्रपुर विमानस्थल आइपुग्दा पार्टी नेता तथा सरकारी अधिकारीले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

कार्यक्रममा प्रदेश नं १ सरकारका उच्चपदाधिकारी र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
–––

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here