पूर्वका कोचले मनाउन थाले जात्रा पावनी

२० आश्विन २०७६, सोमबार मा प्रकाशित

दमक,
दशै भित्रीएसंगै पूर्वी तराईका आदिवासी समुदायले हर्षोल्लासका साथ जात्रा पावनी मनाउने क्रम शुरु भएको छ ।
झापा, मोरङ्ग र सुनसरी जिल्लामा ठुलो संख्यामा बसोबास गर्ने कोच समुदायका राजवंशी, ताजपुरिया, गन्गाई,माझीलगायत समुदायले मनाउदै आएको जात्रा पावनी यसवर्ष पनि उल्लासका साथ मनाउने क्रम शुरु भएको छ ।

दशैंलाई उनीहरूले ‘जात्रा पावनी’का रूपमा रमाइलोसंग मान्दै आएको तथा दशैभरि आफना धार्मिक मठमन्दिरहरूमा पूजाअर्चना गरि मनाउने गरिआएको राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सदस्य फुलवती राजवंशीले वताईन् । उनका अनुसार खासगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरूमा बोका, हाँस, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठो मसिनो खाने र हप्तौ दिनसम्म मेला भर्ने गरेको दृष्टान्तले जात्रा पावनीको रौनकले मनाउदै आएको छ ।
आदिवासी बाहुल्य क्षेत्रमा दुर्गामातालाई शक्तिको स्वरूप मानी र त्रिलोक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरि देवता, मानिसहरूको कल्याण अनि मुक्ति दिएको खुसीयालीमा पूजा गर्ने चलन रहिआएको उनी वताउछिन् । गैरकोच समुदाय र अन्य समुदायबीच यो पर्व सांस्कृतिक एकता र सहिष्णुताको सेतु बन्न पुगेको बताउदै गौरीगञ्जकी अग्रज महिला नेतृ राजवंशीले भनिन् – ‘ कोच समुदायले दशैं धुमधामसंग मनाउने गरेकाले यो पर्वले अरू समुदायसंग भावनात्मक सम्बन्ध जोडेको छ, मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ ।’
जात्रा पावनीका क्रममा आज महानवमीको दिन आफ्नो नजिकको दुर्गा मन्दिरमा डालामा केराका काइयो चढाउने र मन्दिरबाट जमरा, टीका, प्रसाद लगेर ठुलाबडाबाट लगाउने गरेको चलन छ ।
ताजपुरिया समाज कल्याण परिषदका पूर्व केन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार जात्रा पावनीमा यस समुदायले घरमा प्रयोग हुने हातहतियार, ओखल, मुस्ली, कोदालो, हलो, खन्ति, बसेला, जङ्गाल धोईपखाली तिनीहरूको पूजा गर्ने चलन छ । यसरी पूजा गर्ने विधिलाई यस समुदायले ‘हाल गङ्गाली सेवा’ भनिने उनको भनाई छ । ‘ हाल गङ्गाली सेवा’ गर्दा विहानै घर आगन लिपपोत गर्छन् । बिहानै सबै सामानहरू धोई पखाली घरको उत्तर दिशामा राख्ने चलन कोच समुदायमा रहेको छ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव समेत रहेका ताजुरियाले जात्रा पावनी पूर्वी क्षेत्रमा बसोबास गर्ने कोच समुदायको ठुलो पर्व भएका र यसलाई सांस्कृतिक पर्वका रुपमा मान्दैआएको बताउछन् । ‘ दशै साझा चाडका रुपमा सवै नेपालीले मानिआएको छौं’ महासचिव ताजपुरियाले भने , –‘ यस चाडमा मनाउने प्राचिन सांस्कृतिक संस्कारजन्य चलन संरक्षण गर्न राज्यले समेत ध्यान दिन खाँचो देखिएको छ ’
‘हाल जङ्गाली सेवा ‘ गर्ने मानिस ९घरमुली ० उपवास बस्छन् । अनि पाँच ठाउँमा केराको पत्तामा पानसुपारी, चिनी,भोग, धुप, केराको प्रसादी लगाई पूजा गर्नुका साथै गैरमाटी,खैरमाटी ९रातो ० र खैरो ९रङ्गको माटोको डल्लो ० घोलेर पाँच,पाँच वटा टीका पूजा गरेको सबै सामानहरूमा लगाउने गरिआएको अगुवाहरु बताँउछन् । त्यसपछि प्रत्येक घरको ढोकाहरूमा पाँच पाँच वटा गरि टीका लगाइन्छ । आरोग्यको लागि घरमा रोगव्याध प्रवेश गर्न नसकोस भनी दुवो र पैसा ढोकाहरूमा टासिने गरेको झापा, कमल गाँउपालिका ६ का आदिवासी अगुवा चन्द्रप्रसाद ताजपुरिया बताँउछन्। दशैंमा जात्रा पावनीको विशेष संस्कार भएको र आदिमकालदेखि यी समुदायले सामूहिक रुपमा मानिआएको उहाँको भनाई छ ।
झापा, मोरङ्ग, सुनसरीलगायत भारतको विहार, र पश्चिम राज्यहरूमा बसोबास गर्ने कोच समुदायले दशमीको दिनदेखि पूर्णिमासम्म मेला भर्न जाने गर्छन् । जात्राले यस समुदायमा नयाँ कुटुम्बहरूको लागि विशेष महत्व राख्दछ । नयाँ कुटुम्बहरू दशैंमा एकआपसमा लुगा, लत्ताकपडा दिने लिने गर्दछन् । छोरी ज्वाईहरू ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वको नाममा फजुल खर्च गर्नु हुदैन, महिला नेतृ राजवंशीले भने –‘ चाडपर्वलाई सांस्कृतिक पर्वका रुपमा मनाउनु पर्छ, विकृति भित्रयाउने कार्य कसैले गर्नुहुदैन् ।’
यस समुदायमा जसको घरमा दुर्गा मन्दिर छ, उनीहरू जमरा उमार्दैनन् । तर, नौ दिनसम्म चण्डी पाठ गर्ने गरेको यस समुदायका अगुवाहरू बताउँछन् । गाउँ गाउँमा पिङ टाङ्ने र त्यहाँ केटाकेटी, बालबच्चा,बुढाबुढी मानिसहरू हास्दैखेल्दै पिङ खेलेर आनन्द लिने चलन बढ्दै गएको छ । बर्षमा एक पटक पृथ्वी मातालाई आफ्नो बोझबाट मुक्त गर्न र एकचोटी जमिन छोड्नु पर्ने मान्यताबाट उनीहरू सबै पिङ खेल्ने गरेको कोच समुदायमा पनि यस्तो चलन रहेकोछ । कोही कोही दशैंको समयमा आकाशतारा टाङ्ने र यो टाङ्ने काम दशैंदेखि तिहारसम्म गर्ने गरिन्छ ।
उनीहरू दुर्गा देवीसंगै काली, सरस्वतीको पनि पूजा गर्छन् । महानवमीको दिन लेख्ने, पढ्ने गरे ज्ञान र विधा बढ्छ भन्ने मान्यता अनुसार आफ्ना छोराछोरीहरूलाई नयाँ कापी र कलमले लेखाउने चलन छ । पावनी नाचगान गर्ने चलन पनि छ । विषेशतः राजवंशी ताजपुरिया समुदायका मानिसहरू यो समयमा ढुल्की नाच गरेर हिड्ने चलन रहेको उनीहरुको भनाई छ ।
कोच समुदायका युवा पत्रकार आत्माराम राजवंशीले पावनीको अवसरमा प्रत्येक घरमा गई सामुहिक रुपमा नाचगान गर्ने जात्रा पावनीको महत्व रहेको बताँउछन् । यस पर्वमा उनीहरु सामूहिक नाचगान गरेर संकलन भएको पैसा र जिन्सी समाजलाई फाईदा हुने साझा काममा लगाउने र पावनीको अवसरमा उनीहरू दुर्गा मन्दिर भएको स्थानमा बर्सेनी मेला लगाउने चलन समेत रहिआएको उनी बताँउछन् ।
पावनीको अवसरमा कोच बाहुल क्षेत्रका झापाको कमल गाँउपालिकाको जिम्दार चौंक, मंगलवारे,पाडाजुंगी ,गौरादह नगरपालिकाको दुधाली ,ग्वाँलडुब्बा, दामुना,गौरीगञ्ज , खजुरगाछी ,चन्द्रगढीसहित मोरङ्गका विभिन्न स्थानमा बर्षोदेखि सांस्कृतिक मेला लाग्दैआएको छ । मेला भर्न त्यस क्षेत्रका सर्वसाधारणहरु ठुलो संख्यामा भर्न आउने गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here