विरामीसंग दशैं मनाउँदै प्रसाई : हजार विरामीलाई बेडमै टिका

२१ आश्विन २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड,

झापाको बिर्तामोडमा रहेको एक अस्पताल सञ्चालकले विगत पाँच वर्षदेखि हजार विरामीलाई बेडमै पुगेर विजया दशमीको टिका लगाइदिने गरेका छन् ।
अन्य अस्पताल सञ्चालक भन्दा फरक भूमिका निर्वाह गर्ने बिर्तामोडको विएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईले यस वर्षपनि विजया दशमीको अवसर पारेर एक हजार जना विरामीलाई टिका लगाई दिए । त्यो पनि साइतको टिका । उनले विरामीको बेडमै पुगेर स्वास्थ्य लाभको कामना सहित टिका लगाइदिने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए । उनले भने – विरामी अवस्थामा एक्लो महसुस हुँदो रहेछ तर अस्पतालको तर्फबाट तपाईलाई चाँटै जाति हुन्छ भन्दै टिका लगाइदिदा विरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढेर जाने गरेको पाइयो । त्यसैले दुर्गा सरले हरेक वर्ष विजया दशमीमा साइतको टिका लगाइदिनुहुन्छ ।
प्रसाईले विगत पाँच वर्ष देखि नै यसैगरी विजया दशमी विरामीसंग मनाउँदै आएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here